अमेरिकी अभिनेत्री जेसिका अल्बाका प्रशंसकहरुका लागि खुसीको खबर छ । उनी छिट्टै गर्भवती हुन लागेको उनका पछिल्ला तस्बिरबाट प्रस्ट हुन्छ ।

दुई सन्तानकी आमा जेसिकाले गत महिनाको अन्त्यमा आफू फेरि गर्भवती भएको बताएकी थिइन् । श्रीमान् क्यास वारेनसँग विवाहमा बाँधिएकी उनी अब तेस्रो सन्तानकी आमा हुनेछिन् ।

३६ वर्षे जेसिका अचेल आफ्नो उभिन्डिएको पेटलाई सकेसम्म कलात्मक रुपमा प्रस्तुत गराउँदै आएकी छन् ।

पछिल्ला पार्टी, समारोह र जमघटहरुमा पनि उनी मोटाएको प्रस्टै देख्न पाइन्छ । जेसिकाका दुई छोरीहरु ५ र ९ वर्षका वर्षका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय