काठमाडौं, १० असोज — पतञ्जलि कम्पनीका सीईओ आचार्य बालकृष्ण भारतका अर्बपतिहरू सूचीमा परेका छन् ।
नेपाली मूलका आचार्य दुई दशकअघिसम्म पनि साइकल चलाउँथे । तर विगत केही वर्षयता उनको जीवनशैलीमा आमूल परिवर्तन आएको छ ।

उनी अचेल रेन्ज रोभर चढ्छन् । पतञ्जलि क्याम्पसमा आवतजावत गर्नका लागि उनी यसको प्रयोग गर्छन् ।

यो एसयूभी गाडीको मूल्य भारतमा सबा दुईदेखि लगभग चार करोड रुपैयाँ छ ।

बालकृष्ण महंगो आईफोन पनि प्रयोग गर्छन् ।

हरिद्वारमा पतञ्जलि कम्पनी लगभग १५० एकड जमीनमा बनेको छ । यहीँ घुम्नका लागि बालकृष्ण एसयूभी चढ्छन् ।
सन् १९९५ मा दिव्य फार्मेसीले आयुर्वेदिक प्रोडक्ट्स बनाउन शुरू गरेको थियो । असी करोड रुपैयाँ ऋण लिएर शुरू गरिएको कम्पनी अहिले संसारभरि अर्बौं रुपैयाँको कारोबार गर्छ ।

कम्पनीको ब्रान्ड एम्बेस्डर बाबा रामदेव भएपनि उनको शेयर कम्पनीमा छैन ।

त्रिचालीस वर्षीय बालकृष्णको नाममा कम्पनीको ९७ प्रतिशत शेयर छ ।

स्याङ्जामा जन्मिएका नारायण प्रसाद सुवेदी नै बालकृष्ण बनेका हुन् । उनी आयुर्वेद चिकित्सक हुन् ।

रामदेवसँग उनको भेटघाट हरियाणाको गुरुकुलमा भएको थियो । उनीहरूबीच बनेको स्नेही सम्बन्ध आजसम्म कायम छ ।

पहिला त उनी रामदेवसँगै धेरै सार्वजनिक कार्यक्रमहरूमा भेटिन्थे । तर कम्पनीको साम्राज्य बढ्दै गएपछि उनको सार्वजनिक सक्रियता कम हुँदै गइरहेको छ ।

अहिले उनी पतञ्जलि क्याम्पसमा बसेर कारोबार हेर्छन् ।

अर्बौं रुपैयाँका मालिक भएपनि बालकृष्ण साधारण चप्पल, कुर्ता र धोती लगाउँछन् ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर