दमक/झापाको क्षेत्र नं. ५ मा राप्रपा सहितको बाम गठबन्धनले आफ्नो चुनावी अभियानालाइ तिब्र बनाएको छ । निर्वाचन परिचालन समितिका मूल संयाजक होबहादुर थापाका अनुसार क्षेत्र क का प्रदेससभा उम्मेदवार हिक्मत कार्की र ख का प्रदेशसभा उम्मेदवार अर्जुन राइको घरदैलो कार्यक्रम निरन्तर भइरहेको छ ।

प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहित प्रदेशससभा सदस्य उम्मेदवार कार्की र राइको पक्षमा ब्यापक जनलहर देखिएको थापाले जनाएकाछन् । ओलीका कार्यक्रम आउदो मंसिर १३ गतेदेखि दमकमा रहेकाछन् । खेलाडिसंग भेटघाट देखि घरदैलो र कोणसभाका कार्यक्रमहरु तय भएको थापाले जनाए ।

बिहिबार प्रदेससभा क का उम्मेदवार कार्की गौरादह नगरपालिकाको कोहवराको दामुना लगायतको क्षेत्रमा मतदाताहरुसंग भोट माग्न ब्यस्त रहे भने प्रदेशसभा ख का उम्मेदवार राइ कमल गाँउपालिकाको वडा नं. ६ साविक लखनपुर १ मा ब्यस्त रहेका थिए ।

बाम गठबन्धनका उम्मेदवारहरुको पक्षमा ब्यापाक जन लहर देखिएको माओबादी केन्द्रका नेता तथा निर्वाचन परिचालन समिति झापा क्षेत्र नं. ५ का सह संयोजक गगन पुरीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय