आसन्न निर्वाचन र शान्तिसुरक्षा

करन महरा
मुलुकको ईतिहाँसमै पहिलो पटक प्रदेश स्तरिय चुनाव भैरहेको छ।दोश्रो चरणमा हुनलागेको चुनावको मिति नजिकिए संङ्गै चुनावी गतिबिधिहरुले प्रश्रय पाएका छन्। भने,विभिन्न राजनितिक दलहरु चुनावी अभियानमा सक्रिय भइरहेका छन्। मुलत:वाम गठबन्धन र लोकतान्त्रीक गठबन्धनबिच ठूलो रस्साकस्सी चलिरहेको बेला,मधेस केन्द्रीत अन्य राजनितिक दलहरुसमेत अधिकार प्राप्तिकालागी चुनावी मैदानमा होमिएका छन् ।र पनि देश भित्रकै एउटा शक्ति (नेकपा) आफ्नो चुनावि बहिष्कार लगाएतका कार्यक्रम सङ्गै छुट्टै अभियान चलाइरहेको छ।

उसोत मुलुकले दस बर्षे लामो जनयुद्ध पार गरिसकेको छ,त्यस बिचमा थुप्रै उतारचढाव बेहोरेको पनि छ,तर देस ,ती सम्पुर्ण जनयुद्धकालिन मुद्दाहरूलाई उपलब्धिमा संस्थागत गर्नकैलागी प्रक्रियागत रुपमा अधि बढीरहेका बेला असहमति स्वरूप गर्दै भैरहेका आतंककारी गतिविधिले जनमानसमा त्रास छाइरहेको छ। यो सरासर लोकतान्त्रिक पद्धतिको उल्लंघन हो।असहमति जनाउने अन्य थुप्रै विकल्प / बाटा हुँदाहुँदै खुलेयाम मतपत्र जलाउँदै हिन्नु ,उम्मेदवार माथि बम हमला गरिनुले लोकतन्त्रको खिल्ली मात्रै उडाएको छैन,साथसाथै जनताको मौलिक अधिकारको समेत ठाडो उल्लंघन गरेको छ।निर्वाचन बिरोधिले आपराधिक गतिविधि बढाउंदा सुरक्षार्थ खटिएका एकजना म्यादी प्रहरी बिनोद चौधरीको उपचारका क्रममा ज्यान गएको छ भने अन्य थुप्रै जनमानस घाइते भएका छन् ।यति भैसक्दा समेत आतंककारीको पहिचान हुन नसक्नु,सुरक्षा संबेदनसिल क्षेत्रमा बिशेष सतर्कता नअपनाइनु ,उम्मेदवार माथि दिनदाहाडै बम हमला भैरंहदा समेत गृह का जिम्मेवार अधिकारि मौन रहनुले थप रहस्य देखिन्छ ।

मुलुक स्थायित्वका लागि जनतालाई शान्ति सुरक्षाको आभाष दिलाउनु सरकारको प्रमुख दायित्व हो ,तसर्थ हरेक जनताहरुले शान्तपुर्ण वातावरणमा आफ्नो अधिकारको सदुपयोग गर्न पाउनु पर्छ ।

फेसबूक कमेन्ट्स