अन्तराष्ट्रिय

म्यानमार : सेनाकाे विरुद्ध फेरि सडकमा निस्किए प्रदर्शनकारी

काठमाण्डाै – म्यानमारमा गएको बुधवार एकैदिन ३८ प्रदर्शनकारीको ज्यान गएको भोलिपल्ट बिहीवार पनि निकै ठूलो सङ्ख्या प्रदर्शनकारी सडकमा निस्किएका छन् । म्यानमारको सबैभन्दा ठूलो सहर याङ्गोनमा प्रदर्शनकारीहरुले सडकमा टायर, तारबारको ब्यारिकेड्स बनाएका छन् । प्रहरीले प्रदर्शनकारीहरूलाई तितरबितर गर्न अशृग्यास र गोली चलाएको बीबीसीले जनाएको छ । यद्यपि अहिलेसम्म कसैलाई पनि क्षति नपुगेको बताइएको छ ।

ताज महलमा बम राखेको भन्दै प्रहरीलाई फोन आएपछि…

संसारका सात आश्चार्यमा पर्ने भारतको ताज महलमा बिहीबार बिहान एकाएक वातावरण त्रासले भरियो।उत्तर प्रदेश प्रहरीको आपतकालीन नम्बर ११२ मा एक जना व्यक्तिले बिहान ९ बजेतिर फोन गरेर आग्रास्थित ताज महलमा आफूले बम राखेको र केहीबेरमा पड्किने बताएका थिए।त्यस्तो फोन आएपछि प्रहरीले ताज महल परिसरमा रहेका सबै पर्यटकलाई हतार हतार बाहिर निकाल्यो। आसपासका क्षेत्रका पसलहरू बन्द

अनुराग र तापसीको घरमा आयकरको छापा

बलिउड निर्देशक अनुराग कश्यप, निर्माता विकास बहल र अभिनेत्री तापसी पन्नुको घरमा आयकर विभागले छापा मारेको छ । यो छापामारी फिल्म ‘फेन्टम’सँग सम्बन्धित रहेको छ । अमर उजालामा प्रकाशित समाचारअनुसार विकास बहल यो प्रोडक्सन हाउसको संस्थापक हुन् भने अनुराग कश्यप यसका मालिक हुन् । यद्यपि अभिनेत्री तापसीको घरमा छापा मार्नुको कारण खुलेको छैन । भारतको

नाइजेरियामा बन्दुकधारीले अपहरण गरेको २७९ छात्रा रिहा

बीबीसी। बन्दुकधारी समूहले गत साता नाइजेरियाको उत्तर–पश्चिममा रहेको एक विद्यालयबाट अपहरण गरी लगेका २७९ छात्रालाई रिहा गरेका छन्। प्रहरीका अनुसार गत शुक्रबार बन्दुकधारीले जम्फ्रा राज्यको एक विद्यालयबाट छात्राहरूलाई अपहरण गरी लगेका थिए। उनीहरूले छात्राहरूलाई जंगलमा लगी राखेका थिए। “मलाई यो घोषणा गर्दा एकदमै खुसी लागेको छ– अपहरणमा परेका छात्राहरू सबै रिहा भएका छन्,” जम्फ्रा राज्यका

सर्वोच्च अदालतले बलात्कारीलाई सोधको प्रश्नमा अभिनेत्री तापसी बोलिन्- ‘यो समाधान हो कि सजाय ?

अभिनेत्री तापसी पन्नु फिल्म अभिनय, लुक्सको अलवा विवादित बयानका कारणले पनि अक्सर चर्चामा रहने गर्छिन् । सामाजिक तथा राजनीतिक मुद्दामा समेत आफ्नो विचार राख्दै आएकी छन् । पछिल्लो समय किसानहरुको आन्दोलन खुलेरै समर्थन गरेकी उनले अहिले भने सुिप्रम कोर्टको एक जर्जको स्टेटमेन्टको बिषयमा प्रतिक्रिया जनाएकी छन् । जसको कारणले अहिले उनी चर्चामा छिन् । तापसीले

आयुर्वेदका नाममा रामदेवको झुठ : मन्त्रीदेखि डब्ल्यूएचओकै दुरुपयोग

योग-साधना गर्ने आत्मज्ञानी व्यक्तिलाई योगी उपाधि दिने गरिएको छ। तर, हिन्दु बाहूल्य भारतमा जसरी योगीको पोसाक लगाएर केही व्यक्तिले व्यापारलाई प्रश्रय दिएका छन् : उनीहरूका कारण समग्र योगी समुदायमाथि नै प्रश्न उठिरहेको छ। योगगुरु र आयुर्वेदाचार्यका रुपमा भारत हुँदै विश्वभर ख्याति कमाएका स्वामी रामदेवका कारण यतिखेर भारतको सत्तारुढ दल नै बुमर्‍याङमा परेको हो। रामदेवले योग

अयोध्यामा राम मन्दिर बनाउन जुट्यो २१ सय करोड

भारतको अयोध्यामा राम मन्दिर बनाउनका लागि २१ सय करोड भारतीय रुपैयाँ जम्मा भएको छ । रामको जन्मभूमि दावी गरिएको ठाउँमा मन्दिर बनाउनका लागि उक्त परिमाणमा सहयोग रकम जम्मा भएको हो ।श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले अयोध्यामा राम मन्दिर निर्माणको लागि आफ्नो बैंक खातामा अहिलेसम्म २ हजार १०० करोड भारतीय रुपैयाँ जम्मा भएको जनाएको छ ।

जुधाउनका लागि खुट्टामा चक्कु बाँधिएकाे भालेले लियाे मालिककाे ज्यान

काठमाण्डाै – भारतको तेलङ्गाना राज्यमा कुखुराको भालेको जुधाइ (खेल) का क्रममा एक जनाको ज्यान गएको छ । कुखुराको भालेको अवैध जुधाइका लागि एक भालेको पन्जामा चाकु बाँधिएको थियो । त्यो कुखुराले भाग्ने कोसिस गर्दा उसको पन्जामा बाँधिएको चाकुले उसकै मालिक गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएपछि उनलाई अस्पताल लैजाँदै गर्दा ज्यान गएको हो

अमेरिका–साउदी तनावबारे बाइडेनले भने – ‘सोमबारसम्म पर्खनुस्’

पत्रकार जमाल खशोग्गीको हत्या गर्न राजकुमार मोहम्मद बिन सलमानले प्रत्यक्ष निर्देशन दिएको गुप्तचर रिपोर्ट सार्वजनिक गरेपछि अमेरिका र साउदी अरब बीचको सम्बन्ध चिसिएको छ। यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले साउदीमाथि कस्तो रवैया अपनाउने भनी सोमबार घोषणा हुने बताएका छन्। खशोग्गीको हत्याबारे सनसनीपूर्ण रिपोर्ट सार्वजनिक भएपछि यतिखेर बाइडेनले साउदी मामिलामा गर्ने घोषणालाई लिएर सर्वत्र चासो छ।

विश्व व्यापार संगठनबाट चीनले यसरी फाइदा उठायो,

यसले एकातिर विश्व अर्थतन्त्रसँग बलियो पकड र सामञ्यस्यता कायम गर्नुपर्ने चुनौति चीनका लागि थियो भने अर्कोतिर अन्तर्राष्ट्रिय समुदायले चीनका महत्वाकांक्षी प्रतिवद्धता र अवस्थाहरूको समाना गर्नु थियो । अमेरिकी उच्च अधिकारीहरूलाई आशा र विश्वास थियो कि चीनको यो प्रवेशले उसलाई बजार उदारीकरण गर्ने र उदार विश्व अर्थतन्त्रसँग जोडिने बाटोमा हिडाउने छ । यस प्रक्रियाले चीनलाई बाह्य