स्थानिय

नयाँ लेबल लगाएर दाल बेच्ने उद्योगीको गोदाम सिल

१२ फागुन, विराटनगर । पाँच वर्षअघि म्याद सकिएको रहरको दालमा नयाँ लेबर राखेर बिक्री गरेको पाइएपछि विराटनगरका एक उद्योगीको गोदाम सिल गरिएको छ । वाणिज्य कार्यालय विराटनगरको अनुगमन टोलीले लेबल परिवर्तन गरी भण्डारण र बिक्री गरेको पाइएपछि ३९ हजार ६ सय किलो दालसहित उद्योगी अभिनाश बोहराको घरमा रहेको गोदाम सिल गरेको छ । वाणिज्य कार्यालयको

पर्यटकीयस्थल मालिका धुरी जोड्ने पदमार्ग निर्माण

म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा पर्ने धार्मिक पर्यटकीय स्थल मालिका धुरी जोड्ने पदमार्ग निर्माण भएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गतको भू तथा जलाधार संरक्षण कार्यालयले मालिका–७ बिम र वडा नं ६ को दुखु हुँदै मालिका धुरी जाने पदमार्ग निर्माण गरेको हो । कार्यालयका संरक्षण अधिकृत शम्भुकुमार मिश्रले एक हजार २७२ मिटर पदमार्ग निर्माण भएको

गाउँपालिकामा बैंक नहुँदा सदरमुकाम धाउँदै स्थानीय

ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा समयमै सेञ्चुरी बैंकले शाखा स्थापना नगरेपछि स्थानीयवासीले आर्थिक कारोवार गर्न सदरमुकाम पुग्नुपर्ने बाध्यता खेप्दै आएका छन् । सङ्घीय संरचनामा गएसँगै विसं २०७४ को असार मसान्तसम्ममा सबै पालिका केन्द्रमा आर्थिक कारोवार गर्न बैंकले आफ्नो शाखा स्थापना गर्न नेपाल राष्ट्र बैंकले परिपत्र जारी गरेको थियो । त्यसैअनुसार तोकिएको बैंकले स्थानीय तहमा शाखा स्थापना गरेर

बाहुनीडाँडाका स्थानीयवासी आफैँले निकाले गाउँमा दूधकोशीको पानी

हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित कदुवाका स्थानीय बासिन्दाले दूधकोशीको पानी लिफ्टिङ प्रविधि अपनाएर गाउँमा निकालेका छन् । सुक्खाग्रस्त क्षेत्रमा पर्ने बाहुनीडाँडाका स्थानीय बासिन्दाले घरायसी प्रयोजन तथा कागती खेती, बाख्रा तथा कुखुरापालन गर्न करिब एक हजार ७९० मिटरमाथि रहेको थामडाँडामा दूधकोशीको पानी निकालेका हुन् ।दूधकोशीको सान्ने दोभानबाट २० किलोवाट क्षमताको सोलार प्यानल जडान गरेर गाउँमा नदीको पानी

बागलुङमा डेढ वर्षभित्रै भूमिहीनलाई जग्गा दिने तयारी

भूमिसम्बन्धी समस्या सामधान गर्न सरकारले हालै गठन गरेको भूमि समस्या सामधान आयोग बागलुङले भूमिहीनलाई डेढ वर्षभित्रै जग्गा उपलब्ध गराउने तयारी थालेको छ । यहाँका दशवटै स्थानीय तहसँग सहकार्य गरेर तथ्याङ्क सङ्कलनको काम भइरहेकाले डेढ वर्षमा नै बागलुङमा काम सक्ने तयारी रहेको आयोगको सचिवालयले जनाएको छ ।केही दिन पहिला पदभार ग्रहण गरेका पदाधिकारीले धमाधम काम थालेका

रौतामाई गाउँपालिकामा आँखा शिविर सम्पन्न, ९१ जनाले पाए नयाँ ज्योति

उदयपुर- उदयपुरको रौतामाई गाउँपालिकामा तीन दिने आँखा शिविर सम्पन्न भएको छ । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको प्राविधिक सहयोगमा गाउँपालिकाले सञ्चालन गरेको सो शिविरमा ९१ जनाको निःशुल्क आँखा अपरेसन गरिएको छ ।शिविरमा ४६ पुरुष र ४५ जना महिलाको आँखा अपरेशन गरिएको हो ।वर्षौँदेखि आँखा नदेख्ने भएर आफ्नो घरआँगन पनि बिरानो भएका वृद्धवृद्धाले पुनः आँखाको ज्योति पाएमा खुशी

फागुन ७ देखि स्याङ्जामा प्रथम आलु महोत्सव

स्याङ्जा । स्याङ्जाको भीरकोट– ५ पकानमा प्रथम आलु महोत्सव हुने भएको छ ।आलु खेतीका लागि उर्वरभूमिका रुपमा चिनिएका सो स्थानमा  यही फागुन ७ र ८ गते महोत्सव हुने जनाइएको छ  । क्षेत्रीय कृषि निर्देशनालय पोखरा, कृषि ज्ञान केन्द्र स्याङ्जा, भीरकोट नगरपालिका र स्थानीय महिला जागरण बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा महोत्सव हुन लागेको भीरकोट नगर

सार्वजनिक क्षेत्रमा अधिकांश सिसीटिभी सञ्चालनमा छैनन् किन ?

जिल्लाका सार्वजनिक क्षेत्रमा जडान गरिएका अधिकांश सिसीटिभी क्यामरा बिग्रिएका छन् । सरकारी निकायको आवश्यक समन्वय र चासो नहुँदा सिसीटिभी मर्मत हुन नसकेका हुन् । सिसीटिभी सञ्चालन नहुँदा आपराधिक घटना भइहाले अपराधीलाई चाँडो पक्राउ गर्न र जनतालाई शान्ति सुरक्षाको अनुभूति दिलाउन प्रहरीलाई समस्या हुने गरेको छ । प्रहरीले सिसीटिभीको अभावले काममा कठिनाइ भएको बताउँदै आएको छ

शिवम् सिमेन्ट्सद्वारा विद्यार्थीलाई कपडा वितरण

शिवम सिमेन्ट्सले मकवानपुर जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।कम्पनीले उद्योग सञ्चालनमा रहेको क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उद्योग तथा खानी क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो । श्री त्रिभुवन माध्यमिक विद्यालय हटिया, कोलखोप प्राथमिक विद्यालय बकैया तथा रुपनारायण माध्यमिक विद्यालय बुढिचौरमा अध्ययनरत ५०० भन्दा बढी विद्यार्थीहरुको लागि स्वीटर

सुन्तला उत्पादनमा वृद्धि

जिल्लामा यस वर्ष सुन्तलाको उत्पादनमा वृद्धि भएको छ । वर्षेनी व्यावसायिक रुपमा उत्पादन हुँदै आएको सुन्तला यस वर्ष गत वर्ष भन्दा वृद्धि भएर छ हजार ५०० मेट्रिक टन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।ज्ञान केन्द्रका अनुसार गत वर्ष यहाँको पहाडी क्षेत्रमा कूल पाँच हजार २४६ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो भने यस वर्ष