#

राष्ट्रिय खबर

प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण

दैलेख : जिल्लाको भैरबी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरासिंह थापामाथि बुधबार आक्रमण भएको छ। भारतबाट आएर गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसेकाहरुले अधिकृत थापामाथि आक्रमण गरेका हुन्। उनीहरुले अधिकृत थापासहित भैरबी गाउँपालिकाका–४ का वडाध्यक्ष वीरेन्द्र शाही, क्वारेन्टाइनमा बसेकाहरुको कोरोना परिक्षणका लागि खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ। गाउँपालिकाको भवनदेखि २ सय मिटरको दुरीमा रहेको स्थानीय

एमसीसी महाकाली भन्दा पनि घातक सन्धि भन्दै काठमाडौंमा विरोध प्रदर्शन

काठमाडौं, २१ जेठ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विरोधमा विप्लव निकट व्रिदोही नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूले काठमाडौंमा पनि प्रदर्शन गरेको छ । देशभर विरोध कार्यक्रम जारी राख्ने नीति अनुरुप अनेरास्ववियुका विद्यार्थीहरुले बुधबार दिउँसो काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । बिभिन्न नारा लगाउँदै प्रदर्शनमा उत्रिएका उनीहरुले एमसीसी कुनै पनि हालतमा पारित गर्न नदिने चेतावनी

प्रधानमन्त्री द्वारा बिज्ञहरुसंङ्गको बैठक आह्वान,कोरोना बारे छलफल गरिने

केबि महरा/ काठमाडौ : प्रधानमन्त्री केपिशर्मा ओलिले काेराेनाकाे माहामारी तथा सरकारको आगामी रणनीतिका सम्बन्धमा विभिन्न क्षेत्रका विज्ञहरूसँग परामर्शका लागी आज ( ज्येष्ठ २१)साँझ ४ बजे बैठकका लागि आह्वान गर्नुभएको छ। बैठक साँझ ४ बजे बालुवाटारमा बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी गराएका छन्।

प्रधानमन्त्री द्वारा बिज्ञहरुसङ्गको बैठक आह्वान, कोरोना बारे आवस्यक छलफल गरिने

केबि महरा/ काठमाडौ : प्रधानमन्त्री केपिशर्मा ओलिले काेराेनाकाे माहामारी तथा सरकारको आगामी रणनीतिका सम्बन्धमा विभिन्न क्षेत्रका विज्ञहरूसँग परामर्शका लागी आज ( ज्येष्ठ २१)साँझ ४ बजे बैठकका लागि आह्वान गर्नुभएको छ। बैठक साँझ ४ बजे बालुवाटारमा बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी गराएका छन्।

कर तिर्न लगाउने बाध्यकारी उर्दीबाट असफल सरकारको दरिद्र मनोविज्ञान छर्लङ्ग भएको राप्रपा अध्यक्ष राणाको भनाइ

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष पशुपति शमशेर राणाले लोकहित र लोकसम्मति विपरित कर तिर्न लगाउने बाध्यकारी उर्दीबाट असफल सरकारको दरिद्र मनोविज्ञान छर्लङ्ग भएको बताउनु भएको छ । आज विज्ञप्ती जारी गर्दै अध्यक्ष राणाले विज्ञप्ती मार्फत यस्तो बताउनु भएको हो । सरकारले यहि जेठ २५ गते भित्र कर तिर्न उर्दी जारी गरिसकेको छ । विज्ञप्तीमा

कोरोना संक्रमण तीब्र बनेपछि विज्ञहरुसँग परामर्श गर्दै प्रधानमन्त्री, ४ बजे बोलाए बैठक

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणका लागि आजसम्म गरेका कामको मूल्यांकन गर्दै आउने दिनमा गर्नुपर्ने कामबारे विज्ञहरुसँग परामर्श गर्दैछन्। आज दिउँसो ४ बजे बालुवाटारमा त्यस्तो परामर्श बैठकको तय गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए। बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, मुख्यसचिव लोकदर्शन रेग्मी, स्वास्थ्य सचिव लक्ष्मण अर्याललगायतका सरकारी अधिकारीसँगै अन्य

कपिलवस्तुमा थप २ जनामा कोभिड– १९ संक्रमण, ८ जना निको भएर घर फिर्ता

रोनाभाइरस (कोभिड- १९)का सबैभन्दा बढी संक्रमित रहेको जिल्ला कपिलवस्तुमा थप २ जनामा संक्रमण पुष्टि भएको छ । जिला स्वास्थ्य कार्यालय कपिलवस्तुले दिएको जानकारी अनुसार कपिलवस्तुमा संक्रमितको कुल संख्या ३ सय ९५ पुगेको छ । पछिल्लोपटक वाणगंगा नगरपालिका वडा नम्बर ७ का ३४ वर्षीय र वडा नं. ९ का ३९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

कोरोना सर्ने भन्दै स्वास्थ्यकर्मीमाथि कुटपिट

डोटी जिल्लाको शिखर नगरपालिका–९ दानकोट स्वास्थ्यचौकीमा कार्यरत अहेब रमेश कुँवरमाथि तीन जनाको समूहले आक्रमण गरी गम्भीर घाइते बनाएको छ । गाउँको बाटो हिँड्ने क्रममा कोरोना सङ्क्रमण फैलिने भन्दै मदिरा सेवन गरेका स्थानीय तीन व्यक्तिले उनलाई गालीगलौज गर्दै ढुङ्गामुढा प्रहार गरी घाइते बनाएको बताइएको छ । स्वास्थ्यकर्मीबाट कोरोना सल्किने भन्दै बिनाकारण आफूमाथि आक्रमण गरेको घाइते स्वास्थ्यकर्मी

भारतमा ‘निसर्ग’ चक्रवातको त्रास : नेपालमा कस्तो पर्ला असर ?

काठमाडौं, २१ जेठ । केहि समयअघि ‘अम्पुन’ चक्रवातले धेरै धनजनको क्षति पुर्‍याएको भारत फेरि अर्को ‘निसर्ग’ चक्रवातको खतरामा रहेको छ । भारतमा ‘निसर्ग’ चक्रवातको प्रभाव शुरु भइसकेको । कोरोना भाइरस संक्रमणसँग जुधिरहेका बेला आएको ‘अम्पुन’ चक्रवातले भारत र वंगलादेशमा ८० भन्दा बढीको ज्यान लिएको थियो भने करोडौं रुपैंयाँ बराबरको भौतिक सम्पतिमा क्षति पुगेको थियो । अहिले

नेपालसँगको सम्बन्धलाई कुनै पनि हालतमा बिगार्न चाहन्‍नौं : भारतीय रक्षामन्त्री

भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालसँगको सीमा विवाद वार्ताबाटै हल गर्न सकिने दोहोर्‍याएका छन् । रक्षामन्त्री सिंहले भारतीय टेलिभिजन च्यानल सीएनएन न्युज १८ लाई मंगलबार दिएको अन्तर्वार्तामा ‘नेपालसँगको सम्बन्ध सधैं दाजुभाइको जस्तो रहेको उल्लेख गर्दै कहिलेकाहीँ दाजुभाइमा मतभेद देखिनु स्वाभाविक भएको बताए । यसअघि गत शनिबार भारतीय टीभी च्यानल आजतकसँगको अन्तर्वार्तामा पनि उनले नेपाल र भारतबीच