#


अन्तराष्ट्रिय

चन्द्रयान-२ को प्रक्षेपण

भारतले चन्द्रयान-२ को प्रक्षेपण गरेको छ । भारतीय समय अनुसार २ बजेर ४३ मिनेटमा चन्द्रयान २ को प्रक्षेपण गरिएको हो । चन्द्रयान ४८ दिन लगाएर चन्द्रमाको सतहमा पुग्नेछ । ७ सेप्टेम्बर सन् २०१९ मा चन्द्रमाको दक्षिणी ध्रुवमा हल्का अवतरण गर्नेछ । चन्द्रयान अवतरण भएमा भारत चन्द्रमाको दक्षिणी ध्रुवमा यान अवतरण गर्ने पहिलो देश बन्नेछ ।

चट्याङले ३२ को मृत्यु

एजेन्सी– भारतको उत्तर प्रदेशमा आइतबार रातिको चट्याङका कारण ३२ जनाको मृत्यु भएको छ । भारतीय मिडियाका अनुसार १३ जनाभन्दा बढीलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । उत्तर प्रदेशका कानपुर तथा फतेहपुरमा सबैभन्दा बढी ७–७ जनाको मृत्यु भएको, राजस्थानमा ४ जनाको मृत्यु भएको भारतीय मिडियाले जनाएका छन् । त्यस्तै, पाली जिल्लामा २७ जना रुखमुनि बस्दा

मोदी नेपाल नआउने, यस्ता गरिदै छ पाइपलाइनको उद्घाटन

काठमाडौँ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना परीक्षण सम्पन्न भएसँगै नेपाल–भारत सरकार त्यसको उद्घाटनको तयारीमा लागेका छन् । दुवै देशका प्रधानमन्त्रीले सो परियोजना उद्घाटन गर्ने तयारी भइरहे पनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नआउने भएका छन् । मोदी नआउने भएपछि पाइपलाइन परियोजनालाई कसरी उद्घाटन गराउने भन्ने विषयमा छलफल भइरहेको छ । अब प्रधानमन्त्री मोदीले भिडियो कम्फरेन्समार्फत उद्घाटन गर्ने लगभग

बलिउडका बाल कलाकारको सडक दुर्घटनामा मृत्यु

भारतको राजधानी नजिकै धरसिवा गाउँमा भएको सडक दुर्घटनामा बलिउड र टेलिभिजनका चर्चित बाल कलाकार शिवलेख सिंह उर्फ अनु सिंहको मृत्यु भएको छ । उनी १४ वर्षका थिए । भारतीय मिडियाका अनुसार शिवलेख आफ्नो परिवारसँग कारमा यात्रा गरिरहेका थिए । बिहिबार दिउँसो ३ बजे उनी चढेको कार ट्रकसँग ठोक्कियो । शिवलेखका बुवा शवेन्द्र सिंह र आमा

मुकेश अम्बानीकाे तलब कति ? हेर्नुहोस

रिलायन्स इन्डष्ट्रिका अध्यक्ष मुकेश अम्बानीले लगातार ११ औं वर्षसम्म आफ्नो तलब प्याकेजमा वृद्धि गरेका छैनन् । सन् २००७– ०९ देखि उनको प्याकेज १५ करोड भारुमा स्थिर छ । कम्पनीको वार्षिक रिपोर्टमा व्यवस्थापन तहमा तलब कम राखेर व्यक्तिगत उदाहरण पेश गर्ने इच्छा जारी गर्दै मुकेश अम्बानीले तलब नबढाएको बताएका छन् । मुकेश अम्बानीका ‘कजिन’ निखिल मेसवानीको

मुम्बईमा भयानक रेल दुर्घटना, १५ जनाको मृत्यु

मुम्बई-भारतको मुम्बईमा रेल दुर्घटनामा परी १५ जनाको मृत्यु भएको छ ।प्रहरी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पैदल यात्रीले बाटो काट्ने वा रेलमा झुण्डिएर यात्रा गर्ने क्रममा रेलबाट झरेर दुर्घटना भएको हो । बिहीबार भएको घटनामा परी अरु कम्तीमा १३ जना घाइते भएको प्रहरी प्रवक्ता एसआर गान्धीले बताए।भारतको आर्थिक राजधानी मानिने मुम्बईमा सजिलोका लागि सबैतिरबाट बाटो

चिनियाँ ग्याँस उद्योगमा विस्फोट, दुईको मृत्यु, १२ सम्पर्कबिहीन

बेइजिङ-चीनको एउटा ग्याँस उद्योगमा भएको विस्फोटनमा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ भने घटनापछि १२ जना सम्पर्कबिहीन भएका छन् । देशको मध्यभागमा रहेको हेनान कोल ज्यास उद्योगमा भएको घटनामा परी अरु १८ जना घाइते पनि भएको चिनियाँ अधिकारीहरुले जनाएका छन् । स्थानीय समय अनुसार शुक्रबार बेलुका ५.५० मा विस्फोट भएको यीमाको स्थानीय प्रशासनले जनाएको

अमेरिकामा कामदारको तलब दुई गुणा बढ्दै

वासिङ्टन । डेमोक्र्याटिक पार्टीको बर्चश्व रहेको अमेरिकी तल्लो सदन “हाउस अफ रिप्रिजेन्टेटिभ्स” ले संघीय न्यूनतम ज्याला सन् २०२५ सम्ममा प्रतिघण्टा १५ अमेरिकी डलर बनाउने सम्बन्धी विधेयक पारित गरेको छ । तर रिपब्लीकन पार्टीको बर्चश्व रहेको माथिल्लो सदन सिनेटले भने उक्त विधेयक पारित नगर्ने सम्भावना छ । तल्लो सदनबाट पारित विधेयक माथिल्लो सदनबाट पनि पारित भएपछि राष्ट्रपतिले

विश्वविद्यालयमा बम विस्फोट, ४ जनाको मृत्यु

काबुल– अफगानिस्तानको राजधानी काबुलस्थित काबुल विश्वविद्यालयको दक्षिणतर्फको प्रवेशद्वारमा शुक्रबार बम विस्फोट भएको छ । यसमा परी चार जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् । स्थानीय समयाअनुसार शुक्रबार बिहान ७ः१० मा उक्त विस्फोट भएको प्रहरीले जनाएको छ । स्नातकोत्तर तहकोे परीक्षाका लागि विद्यार्थीको प्रवेश हुनेक्रममा विस्फोट भएको थियो । घाइते आठ जनामध्ये

जापानको एनिमेसन स्टुडियोमा आगजनी, २४ जनाको मृत्यु

टोकियो– जापानको क्योटो शहरमा रहेको एक भवनमा रहेको एनिमेसन स्टुडियोमा बिहीबार गरिएको संदिग्ध आगजनीमा परी कम्तीमा २४ जनाको मृत्यु हुनुको साथै अन्य दर्जनौँ घाइते भएका छन् ।सो कम्पनीमा भएको भीषण आगआगी योजनाबद्ध रुपमा गरिएको प्रहरीको भनाइ छ। यस आगजनीको कारण प्रष्ट भइनसकेको प्रहरीले जानकारी दिएको छ। सो आगजनीको समयमा भवनमा कार्यरत धेरै व्यक्तिहरु भाग्न असफल