#

राजनीति

जनताले अधिकार नपाएका बेला,राष्ट्रिय एकताको कल्पना नगर्नुस्

काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपालका संसदीय दलका नेता महन्थ ठाकुरले जनताले अधिकार नपाएका बेला राष्ट्रिय एकताको कल्पना नगर्न सुझाएका छन्।गैर सरकारी विधेयकको रुपमा आफ्ना मागहरु समेटेर संविधान संशोधन गर्न ठाकुर सहितका राजपाका नेताहरु शुक्रबार संघीय संसद सचिवालय गएका थिए। तर सचिवालयमा उनीहरुको विधेयक दर्ता भएन। विधेयक दर्ता नभएपछि संसद सचिवालयबाट बाहिरिने क्रममा प्रतिक्रिया दिदैँ

संविधान संशोधन र निशान छाप परिवर्तनको पक्षमा राप्रपाको समर्थन

झापा । सरकारले नेपालको नयाँ नक्सा जारी गरेसँगै अन्तर्राष्ट्रिय सिमानासँग सम्बन्धित निशाना छाप परिवर्तन गर्न सरकारले संविधान संशोधन गर्न लागेको छ । सोही संशोधन प्रस्ताव सर्वसम्मत रूपमा पारित गराउन सरकारले सबै दलसँग आग्रह गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधन विधेयकलाई समर्थन गर्ने र विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय

एमसीसीबारे छलफल गर्न नेकपाले बोलायो बैठक

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक शनिबार बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ३ बजेपछि बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा बजेट, नेपालको नक्सा जारी गरेपछिको अवस्था र एमसीसीबारे छलफल हुने नेताहरुले बताएका छन् । सरकारले आगामी जेठ १५ गते बजेट ल्याउँदैछ । त्यसअघि संविधान संशोधनका लागि सरकारले

निसान छाप सच्याउन संविधान संशोधन गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले संविधानमा भएको निसान छाप सच्याउनको लागि संविधान संशोधनको प्रस्ताव संसदमा पेस गर्ने निर्णय गरेको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूची ३ मा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव लैजाने निर्णय गरेको हो । संविधानमा रहेको निशासन छापमा रहेका नक्सामा लिम्पियाधुरा, कालापानी

भारतलाई चिढ्याउने सरकारकाे नीति ठीक भएन : बाबुराम भट्टराई

काठमाडाैं – कोरोनापछिको नेपालको अर्थतन्त्र सुधार्न भारतसँग सम्बन्ध सुमधुर बनाउनुपर्ने पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बताएका छन्। नेपाल उद्योग परिसंघले आज आयोजना गरेको छलफल कार्यक्रममा पूर्वअर्थमन्त्री समेत रहेको भट्टराईले नेपालले भारतसँगको सम्बन्ध राम्रो बनाए लगानीसमेत भित्रन सक्ने बताए। उनले भारतलाई चिढ्याउने सरकारको नीति ठीक नभएको पनि बताएका छन्। भारत इकोनोमी पावर हाउस बन्दै गएको तर्फ इंगित

भारतीय मिडियालाई नेता रिजालको जवाफ : कोसँग सम्बन्ध राख्ने हामीलाई नसिकाउनू !

काठमाडौँ : संघीय सांसद तथा नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले सरकारसँग विभिन्न विमति भए पनि सिमानाको विषयमा हाल सरकारले लिएको अडानको पक्षमा आफूहरु पनि उभिएको बताएका छन् । नेता रिजालले भारतीय च्यानल ‘रिपब्लिक टेलिभिजन’मा ‘दि डिबेट’ कार्यक्रममा यस्तो प्रतिक्रिया दिएका हुन् । भारतमा संस्थापन पक्षधरको रुपमा चिनिएका पत्रकार अर्नव गोस्वामीसँगको अन्तर्वार्तामा रिजालसँगै नेपाली दुई पत्रकार

भारतीय प्रधानमन्त्री मोदीलाई अनेरास्ववियू इलामको रगतको चिठ्ठी

कोरोना भाइरसका कारण रगतले लेखिएको पत्र तत्काल इमेल मात्र गरिएको अनेरास्ववियू इलामका जिल्ला सदस्य मिलन खत्रीले बताए । ‘ प्रशासन मार्फत राजदुतलाई पठाउने तयारी गरिएको थियो । तर कोरोनाका कारण संक्रमणको खतरा महसुसपछि अहिले इमेल गरेका छौ । पछि सक्कल प्रति अनेरास्ववियू केन्द्रिय कमिटी मार्फत पठाउने छौ ।’ उनले भने । पत्र अनेरास्ववियूका केन्द्रिय सदस्य

गौरादहमा बीपी स्मृति भवन शिलान्यास

गौरादह ,७ जेठ । नेपाली कांग्रेस गौरादह नगर समितिले आफनो कार्यालय भवन बनाउने भएको छ । भवनको आज यहाँ एक कार्यक्रमका बीच औपचारिक रुपमा शिलान्यास गरिएको छ । कांग्रेस संस्थापक तथा प्रथम जन निर्वाचित प्रधानमन्त्री बिश्वेश्वर प्रसाद कोइरालाको स्मृतिमा बिपी स्मृति भवनमा गौरादह नगरपालिका वडा नम्बर २ मा भवन बन्न लागेको हो । भवनका लागि

विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउँदै सरकार

काठमाडौं : सरकारले विदेशमा अलपत्र नेपालीलाई प्राथमिकताका आधारमा आगामी सातादेखि फिर्ता ल्याउने तयारी गरेको छ। जहाजबाट ल्याएपछि स्थानीय तहको क्वारेन्टाइन्ससम्म पुर्‍याउने गाडी ब्यवस्था गर्नेलगायतका तयारी अन्तिम चरणमा पुगेको छ। यसको औपचारिक निर्णय उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल संयोजक रहेको उच्चस्तरीय समितिले गर्नेछ। विदेशमा अलपत्र नेपालीले घर फर्कन पाँउ भन्दै दूतावास घेर्ने, समाजिक सञ्जालमा लेख्ने,

नीति तथा कार्यक्रमपछि नेकपा स्थायी समितिबारे छलफल हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले सचिवालय सदस्यहरुसँग सरकारले आज ल्याउने नीति तथा कार्यक्रमका बारेमा सुझाव मागेका छन् । ‘प्रधानमन्त्रीले सरकारको नीति तथा नीति कार्यक्रमका सन्दर्भमा महत्त्वपूर्ण सुझाव छन् भने अझै पनि दिन हुन सचिवालय बैठकलाई अनुरोध गर्नुभयो’, बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले, ‘केही विषयमा महत्त्वपूर्ण सुझावहरु दिने