राजनीति

प्रधानमन्त्री ओलीलाई ठूलो सफलता, विप्लव नेतृत्वको नेकपाद्धारा हिंसात्मक गतिबिधि त्याग गर्ने घोषणा

दमक।  प्रधानमन्त्री केपी शर्मा ओलीलाई ठूलो सफलता मिलेको छ । सरकारले प्रतिवन्ध लगाएको नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा समूहले हिंसात्मक गतिबिधि त्याग गर्ने घोषणा गरेसँगै प्रधानमन्त्री ओलीलाई अर्को ठूलो सफलता मिलेको हो । प्रधानमन्त्री ओलीको यो दोस्रो ठूलो सफलता हो। यस अघि प्रधानमन्त्री ओलीले सिके राउतलाई पनि वार्ताको टेवुलमा ल्याएर शान्तिपूर्ण राजनीतिमा ल्याउनु भएको थियो।

यी हुन् नेकपाको बहुमत पक्षका ९३ सांसद ( सूचीसहित )

काठमाडौं । सर्वोच्च अदालतको निर्णयले पुनस्थापित संघीय प्रतिनिधि सभाको आगामी वैठक फागुन २३ गतेका लागि आह्वान गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गते संघीय संसद भंग गर्ने निर्णयसँगै विभाजित अवस्थमा पुगेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुवै पक्षबीच अहिले संसदको समीकरण कसको पोल्टामा भारी हुने भन्ने होडबाजी चलेको छ । संसद पुनस्थापना

चितवनमा देउवाले भनेः नेतृत्व पाए कांग्रेस सरकारमा जाने हो, पहिला नेकपा फुट्नुपर्‍यो

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्नुपर्ने अवस्था आए पछि नहट्ने बताएका छन्। चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले उक्त धारणा व्यक्त गरेका हुन्। देउवाले भने, ‘नेतृत्व पाए कांग्रेस सरकारमा जाने हो, पहिला नेकपा फुट्नुपर्यो।’ यसअघि महामन्त्री शशांक कोइरालाले पनि कांग्रेस सरकारमा जानुपर्ने धारणा राखेका थिए। चितवनमै पत्रकारसँगको भेटघाटको क्रममा कोइरालाले प्रचण्ड–नेपाल समूहसँग मिलेर

दाहाल-नेपालको निर्णय : सुवास नेम्बाङदेखि सूर्य थापासम्म ६ महिना निलम्बित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओली नेतृत्वको समूहमा लागेका ७ जना नेतालाई केन्द्रीय सदस्य पदबाट ६ महिनाका लागि निलम्बन गर्ने निर्णय लिएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा जारी केन्द्रीय कमिटी बैठकले ओली समूहतर्फ लागेका नेकपा संसदीय दलका उपनेता नेता सुवास नेम्बाङलाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय लिएको

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले आगामी शुक्रबार दिउँसो १ बजे संघीय संसद भवन नयाँबानेश्वरस्थित ल्होत्से हलमा बैठक आह्वान गरिएको हो । कांग्रेसले फागुन २३ गते अपराह्न ४ बजे पुनःस्थापित प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा संसदीय दलको बैठकबाट टुंगो लगाउन संसदीय दलको बैठक बोलाएको नेताहरु बताउँछन् ।

कांग्रेसले कसरी हेर्छ प्रचण्डलाई ? कसरी बुझेको छ ओलीलाई ?

गत पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि विभाजित हुन पुगेको नेकपाका कारण कांग्रेस निर्णायक भूमिकामा छ । यद्यपी कांग्रेस तत्काल कसैको पक्षमा नखुल्ने निती अख्तियार गर्ने निर्णय गरेको छ । गत बिहीबार बसेको कांग्रेस पदाधिकारी बैठकले औपचारिक रुपमै नेकपा विभाजन नहुन्जेलसम्म कांग्रेस तटस्थ बस्ने निर्णय गर्यो । नेकपाभित्र घरझगडा चलेकाले कांग्रेस नेताहरुले कसैलाई उचालेर नहिँड्ने

विप्लवसँग वार्ता गर्न समिति गठन हुनु सकारात्मक : कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भूमिगत रूपमा सशस्त्र गतिविधि गर्दै आएको विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न सरकारले समिति गठन गर्नु सकारात्मक भएको बताएको छ । सरकार र नेकपा दुवैले वार्ता समिति गठन गरेपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरेर वार्ता समिति गठन सकारात्मक भन्दै इमान्दार वार्ताबाट समाधानमा पुग्न आग्रह गरेका छन् । सरकार र

प्रधानमन्त्री निर्वाचित गर्न सकेन भने प्रतिनिधि सभा स्वतः भंग हुन्छ : डा. युवराज संग्रौला

प्रतिनिधि सभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि कतिपयले अन्यौल सिर्जना भयो भनेका छन् । मेरो विचारमा नयाँ सरकार गठनका लागि कुनै समस्या छैन । संवैधानिक दृष्टिकोणबाट हेर्दा अस्पष्टता छैन । राजनीतिक रूपमा गाँठो होला उनीहरूको बहुमत अल्पमत इत्यादिका कुराले गाह्रो होला । संवैधानिक प्रक्रिया त के हो भन्दा प्रधानमन्त्रीले अहिलेको प्रतिनिधि सभाले मलाई काम गर्न

प्रधानमन्त्रीले ‘टपक्क टिपेर’ मलाई राष्ट्रिय सभा सदस्य बनाउनु भएको होइनः कोमल वली

प्रधानमन्त्री केपी शर्मा ओली निकट राष्ट्रिय सभाकी सांसद कोमल वली नेकपा नेता रघुजी पन्तविरुद्ध अदालत जाने भएकी छन्। प्रचण्ड–माधव पक्षका नेता पन्तले उनी लक्षित दिएको अभिव्यक्तिले चरित्र हत्या भएको जनाउँदै वली न्यायका लागि अदालत जाने भएकी हुन्। गृह जिल्लामा रहेकी वलीले काठमाडौं फर्केपछि अदालतमा मुद्धा दायर गर्ने बताएकी छन्। नेपाल लाइभसँग उनले भनिन्, ‘सोमबार काठमाडौं

‘पिडुँला देखाएर सांसद भएको’ भन्ने रघुजी पन्तप्रति कोमल वलीको आपत्ति

काठमाडौं । राष्ट्रियसभा सदस्य कोमल वलीले नेकपा नेता रघुजी पन्तको अभिव्यक्तिबारे आपत्ती जनाएकी छिन् । एक कार्यक्रममा पन्तले साडी सारेर पिडुँला देखाउँदै पोइल जान पाम भनेपछि प्रधानमन्त्रीले कोमल वलीलाई सांसद बनाएको टिप्पणी गरेका थिए ।पन्तको उक्त अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै वलीले मानव विकासका क्रममा बन्ने उनका तन्तुहरु बिचमै रोकिएको फेसबुकमार्फत प्रतिक्रिया दिएकी छिन् ।प्रकृतिले नै