प्रदेश १

माटोको ढिस्कोले पुरिएर एक बालकको मृत्यु

सुनसरी, फागुन-८ गते । सुनसरीको बराहक्षेत्र नगरपालिका ८ का १४ बर्षीय प्रज्वल राईको बालुवा र माटो सहितको ढिस्कोमा पुरिएर मृत्यु भएको छ । आज दिउसो १ बजे बराहक्षेत्र-८ सालबन्दी स्थित कोशी नदिको किनारमा रहेको पानी जमेको भौडीको डिलमा खेल्ने क्रममा अचानक प्रज्वललाई बालुवा र माटो सहितको ढिस्को झरी पुरेको स्थानीयले देखी तत्काल उपचारार्थ बराहक्षेत्र नगर

दमकमा पनि शुरु भयो दोश्रो चरणको खोप, आज ७० जनाले लगाए

सरकारले निःशुल्क उपलब्ध गराएको कोरोना भाइरस विरुद्धको दोश्रो चरणको खोप आजबाट दमकमा पनि लगाउन शुरु गरिएको छ । दमकको दमक अस्पताल कोभिड उपचार केन्द्रमा  आज ६६ पुरुष र ४ महिला गरी ७० जनाले खोप लगाएको दमक नगरपालिकाको स्वास्थ्य शाखाका कुबेरप्रसाद भट्टराईले जानकारी दिनुभयो । सो क्रममा दमकमा १४ पत्रकारले पनि कोरोना विरुद्धको खोप लगाएका छन्

खुल्यो सुर्दशनको दोस्रो शाखा मधुमल्लामा…

मधुमल्ला, मोरङको उर्लाबारीमा केन्द्रीय कार्यालय रहेको सुर्दशन बचत तथा ऋण सहकारी संस्थाको दोस्रो सेवा केन्द्र मिक्लाजुङको वडा न: ९,  मधुमल्ला बजारमा उद्घाटन गरेको छ । सोमबार एक औपचारीक कार्यक्रमको आयोजना गरि विधिवत् रुपमा सेवा केन्द्रको उद्घाटन गरिएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथि मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्यले रिवन काटी सेवा केन्द्रको उद्घघाटन गरेका

प्रदेश १ को प्रदेशसभा बैठक आज, अविश्वास प्रस्तावमाथि छलफल हुने

काठमाडौं । प्रदेश नम्बर १ को प्रदेशसभा बैठक आज बस्दैछ। सभामुख प्रदीप कुमार भण्डारीले दिउँसो २ बजेका बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ। बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल हुने प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्वोले जानकारी दिए। आजको बैठकमा मुख्यमन्त्री राईविरुद्ध आफुहरुले दर्ता गराएको प्रस्तावमाथि छलफल हुने आङ्बोले बताए। बैठकका एजेन्डा तय गर्न

उद्योग बाणिज्य संघ दमकद्धारा नगरपालिकालाई स्वास्थ्य सामाग्री प्रदान

दमक/ उद्योग बाणिज्य संघ दमकले दमक नगरपालिकालाई विभिन्न स्वास्थ्य सामाग्री प्रदान गरेको छ । उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ सहितको टोलीले नगरपालिकामै पुगेर नगरपालिकाकी उप–प्रमुख गीता अधिकारीलाई नेबुलाईजर, भिटिएम किट, आस्थालिन, इप्रामेन्ट लगायतका औषधी तथा स्वास्थ्य सामाग्री प्रदान गरेको हो । व्यापारी तथा व्यवसायीहरुको बृद्धी विकास तथा समस्या समाधानका लागी काम गर्दै आएको दमक

सानिमा लाइफद्धारा मृत्यु दाबी रकम प्रदान

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले हृदयघातका कारण मृत्यु भएका विमितको परिवारलाई एक कार्यक्रम गरी मृत्यु दाबी रकम भुक्तानी गरेको छ । सानिमा धनपति जीवन बिमा गरेको ५ दिनमै मृत्यु भएका विमित मोरङ्गको मिक्लाजुङ्ग गाउँपालिका –६ का डिक बहादुर थापाका बुबा ठाकुर प्रसाद थापालाई बोनस सहितको रकम चेक मार्फत प्रदान गरेको हो । कम्पनीका क्षेत्रीय प्रबन्धक जितेन्द्र

माङ्सेबुङ्गलाई उपाधि

इलामको चुलाचुलीमा सम्पन्न चुलाचुली कप फुट्बल प्रतियोगिताको उपाधि माङ्सेबुङ्ग फुट्बल टिमले जितेको छ । उसले आज सम्पन्न प्रतिस्पर्धात्मक खेलमा चुलाचुली फुट्बल क्लब दमक झापालाई २–१ ले पराजित गर्दै उपाधि जितेको हो । विजयी टिमका लागी प्रकाश तामाङ्ग र सुमन लिम्बुले गोल गरे । प्रकाशले पहिलो हाफको २४ औं मिनेटमा गोल गरेका थिए भने सुमनले दोश्रो

प्रदेश १ को बैठक सुरु हुनासाथ स्थगित

माेरङ – प्रदेश नम्बर १ को प्रदेश सभा बैठक सुरु हुनासाथ अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारीले पठाउनुभएको प्रदेशको हिउँदे अधिवेशन सुरु भएको बारे पत्र पढेर सुनाएलगत्तै बैठक अनिश्चितकालका लागि स्थगित भएको हो । प्रदेश सभा बैठक अघि बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकको निर्णयअनुसार बैठक स्थगित गरिएको प्रदेश १ का

लियो क्लबले महिलालाई आत्मरक्षाको तालिम दिंदै

दमकमा सामाजिक कार्यमा सक्रिय रहेका युवाहरुको एक समुहले महिलामाथी हुने हिंसाका विरुद्ध शसक्त बनाउन आत्मरक्षाका लागि तालिम दिने भएका छन् । लियो क्लब अफ दमकले सो तालिमको आयोजना गरेको छ । तालिमले महिलाहरुले आफ्नो सुरक्षा आँफै गर्न सक्ने कलाको विकास गर्ने सो क्लबका अध्यक्ष प्रबेश बास्ताकोटीले जानकारी दिनुभयो । क्लबले आज एक कार्यक्रमको आयोजना गरी

प्रदेश १ का मुख्यमन्त्रीले गरे १५ जना सांसदलाई निलम्बन

काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले १५ जना सांसद्लाई संसदीय दलको सदस्यबाट निलम्बन गरेका छन् । उनीहरुलाई संसदीय दलको कुनैपनि क्रियाकलापमा भाग लिन बञ्चित गरिएको हो । राईले आफ्नो दल र दलका नेतालाई जानकारी नै नदिइ मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको भन्दै १५ जना सांसदलाई तीन महिनाका लागि निलम्बन गरेका हुन् ।