![]()
कोरियामा पराजित पोमुको संयोजकत्वमा आदिवासी जनजाति साहित्यकार महासङ्घ नेपालको अन्तर्राष्ट्रिय समिति ‘नेपाल आदिवासी जनजाति साहित्यकार महासङ्घ दक्षिण कोरिया’ गठन भएको छ । अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा दक्षिण कोरियामा रहेका नेपाली आदिवासी साहित्यकारको भेलाले १७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । समितिका सहसंयोजकमा मञ्जु गुरुङ र गोकुल थोकर हुनुहुन्छ भने सचिवमा शकुन आँसु, सहसचिवमा सोनाम
![]()
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारीको सिद्धान्तअनुसार राजनीति अगाडि बढेको बताउनुभएको छ । मदन भण्डारी फाउण्डेसनद्वारा सोमबार चितवनको सौराहामा आयोजित ‘सुशासन र समृद्धिका लागि सञ्चार’ विषयक अन्तक्र्रियामा फाउण्डेसनका केन्द्रीय सदस्यसमेत रहनुभएका मुख्यमन्त्री पौडेलले नेपालको राजनीतिमा जननेता भण्डारीको मार्गनिर्देशन महत्वपूर्ण रहेको बताउनुभयो । फाउण्डेसन पार्टीको भन्दा पनि स्वायत्त संस्था भएकाले सफल नेतृत्व प्रदान गरी यसलाई
![]()
झापा : सीमा क्षेत्रमा शान्ति-सुरक्षा मजबुत बनाउने उद्देश्यले झापामा एकैपटक ५ वटा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरिएको छ।थपिएका ५ सहित जिल्लामा सशस्त्र प्रहरीको बिओपीको सङ्ख्या १७ पुगेको छ। मेचीनगर नगरपालिका-५ स्थित नकलबन्दामा आइतबार एक समारोहबीच सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह वाहिनी पकलीका वाहिनी पति डिआइजी वंशीराज दाहाल, मेचीनगर नगरपालिकाका मेयर विमल
![]()
विराटनगर महानगरपालिकाले विपद्् जोखिम न्यूनीकरणमा सहयोग पुर्याउन राष्ट्रिय एकीकृत विपद् व्यवस्थापन सूचना प्रणाली (विपद् पोर्टल अनलाइन) बुधबारदेखि सञ्चालनमा ल्याएको छ । विपद्का घटना, दुुर्घटनाबाट हुने जनधनको क्षति न्यूनीकरण र समाधानका विषयमा पोर्टलमा अभिलेख राखिएका छन् ।पोर्टलमा गएका छ महिनामा महानगरपालिका क्षेत्रमा भएका विपद्का घटनाका विवरण तथा न्यूनीकरणका लागि स्थानीयवासीका सल्लाह र सुुझाव समावेश गर्ने व्यवस्था
![]()
उदयपुर- उदयपुरको रौतामाई गाउँपालिकामा तीन दिने आँखा शिविर सम्पन्न भएको छ । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको प्राविधिक सहयोगमा गाउँपालिकाले सञ्चालन गरेको सो शिविरमा ९१ जनाको निःशुल्क आँखा अपरेसन गरिएको छ ।शिविरमा ४६ पुरुष र ४५ जना महिलाको आँखा अपरेशन गरिएको हो ।वर्षौँदेखि आँखा नदेख्ने भएर आफ्नो घरआँगन पनि बिरानो भएका वृद्धवृद्धाले पुनः आँखाको ज्योति पाएमा खुशी
![]()
दमक। सामाजिक कार्यमा जुटेको पहिलो पाईला दमकले आज एक गुरुकुललाई शैक्षिक तथा खेलकुद सामाग्री प्रदान गरेको छ । सरस्वती पुजाको अबसर पारेर अध्यक्ष दिपक खड्का, उपाध्यक्ष निशा घिमिरे, सचिव मेघनाथ फुयाँल लगायत केहि पदाधिकारीसहित सहभागी भएको सो टोलीले दमक नगरपालिका वडा नम्बर ४ मा रहेको बशिष्ठ संस्कृत गुरुकुललाई स्टेशनरी सामानसहित सहयोग गरेको संस्थाका अध्यक्ष दिपक
![]()
गुल्मी।गुल्मीदरबार गाउँपालिकाले ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको छ ।गाउँपालिकाभित्र रहेका ८७ वर्ष उमेर कटेका १०० जना ज्येष्ठ नागरिकहरुलाई जाडो र गर्मीको समयमा समेत प्रयोग गर्न मिल्ने फाइबर सिरक प्रदान गरेको गुल्मीदरबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए ।चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम अन्तर्गत एक लाख रुपैयाँको बजेटबाट ज्येष्ठ नागरिकहरुलाई फाइबर सिरकले सम्मान
![]()
शिवम सिमेन्ट्सले मकवानपुर जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।कम्पनीले उद्योग सञ्चालनमा रहेको क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उद्योग तथा खानी क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो । श्री त्रिभुवन माध्यमिक विद्यालय हटिया, कोलखोप प्राथमिक विद्यालय बकैया तथा रुपनारायण माध्यमिक विद्यालय बुढिचौरमा अध्ययनरत ५०० भन्दा बढी विद्यार्थीहरुको लागि स्वीटर
![]()
चितवन । बागमती प्रदेश सरकारले आगामी फागुन १ गतेदेखि क्यान्सरका बिरामीलाई ५० हजार उपचारका लागि सहयोग गर्ने भएको छ । यसअघि क्यान्सरका बिरामीलाई सङ्घीय सरकारले एक लाख उपचार सहयोग गर्दै आएको थियो ।बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमका अनुसार फागनु १ गतेदेखि लागू हुनेगरी छुट सुविधा दिन वाग्मती प्रदेशको सामाजिक विकास
![]()
मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले पशुमैत्री पार्क निर्माण प्रक्रिया अगाडि बढाएको छ । गाउँपालिकाको वडा नं ३ स्थित कालीखोला सामरीमा रु सात करोड तीन लाख ७६ हजारको लागतमा पार्क निमाण गर्न लागिएको उक्त गाउँपालिकाले जनाएको छ ।स्थानीय, प्रदेश तथा सङ्घीय सरकारको आर्थिक लगानीमा निमार्ण हुने गरी बहुवर्षीय योजनाअन्तर्गत पार्क निर्माण कार्य अगाडि बढाइएको हो । पार्क