#

खेलकुद

एन्फा अध्यक्ष शेर्पाले माफी मागे

काठमाडौ :अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले आफूले व्यक्त गरेको अभिव्यक्तिले कसैलाई चोट पुगेको भए माफीमा मागेका छन्। दुई साताअघि एक मिडियामा फेसबुक लाइभमार्फत दिएको अन्तर्वार्तामा ‘तराईतिर जाँदा राष्ट्रियताको भावना अलि कम’ भएको बताएपछि अध्यक्ष शेर्पा विवादित बनेका थिए। शेर्पाले कुनै भाषा, धर्म, लिङ्ग तथा समुदायको नेपालको राष्ट्रियतामा प्रश्न गर्ने मनसाय नभएको

इस्टर्न रिजन कपः मलेसियाद्वारा नेपाललाई १५५ रनको लक्ष्य

काठमाडौंः एसीसी इस्टर्न रिजन पुरुष टी–२० कपमा मलेसियाले नेपाललाई १ सय ५५ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनायो । उसका लागि सायद अजीज मुबारकले अविजित ५१, मोहम्मद अनवर अरुद्दिनले ३१, अहमद फैजले ३० र अमीनुदिन रम्ली २९ रन बनाए ।

नेपाल आज मलेसियासँग भिड्दै

काठमाडौं : एसीसी इस्टर्न रिजन टी–२० कप क्रिकेटको पहिलो खेलमा नेपालले आज (शनिबार) मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । थाइल्याण्डको बैंककमा दिउँसो १२ः१५ बजे सुरु हुने खेलमा नेपाल मलेसियालाई हराउँदै सुखद सुरुवात गर्ने लक्ष्यमा छ । उपाधिको लक्ष्यका साथ थाइल्याण्ड पुगेको नेपाली टोलीको मनोबल उच्च रहेको छ । यसअघिका भिडन्तमा पनि नेपाल बलियो देखिएकोले मलेसियालाई हराउन सक्षम

झापाको दमकमा पहिलो पटक सुन्बी अन्डर- १६सुपर लिग हुँदै

झापा। झापाको दमकमा पहिलो पटक सुन्बी अन्डर-१६ सुपर लिग हुने भएको छ। यही चैत्र २९ गतेदेखि बैशाख १३ गते सम्म उक्त प्रतियोगिता सञ्चालन हुने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ। दमक क्रिकेट क्लब र प्रयाट्रियोटिक क्रिकेट ट्रेनिङ सेन्टरकाे सहकार्यमा उक्त प्रतियोगिता सञ्चालन हुने पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी गराएको छ। दुइदिवसिय फर्मेटमा सञ्चालन हुने यश

मारिया सारापोभाले लिइन् सन्यास

रुसी टेनिस खेलाडी मारिया सारापोभाले खेलाडी जीवनबाट सन्यास लिएकी छिन् । २१ औं शताब्दीकी चर्चित तथा धनी टेनिस खेलाडीको सूचीमा पर्ने सारापोभाले ३२ बर्षको उमेरमा टेनिसबाट सन्यास लिएकी हुन् । पछिल्लो पटक चोटका कारण धेरै समय कोर्ट बाहिर रहेकी सारापोभा बीचमा प्रतिबन्धमा पनि परेकी थिइन् । सन् २००४ मा १७ बर्षको उमेरमा पहिलो ग्राण्डस्लाम खेल्दा

आर्मीलाई पाखा लगाउँदै मछिन्द्र तेश्रो सत्ताक्षी गोल्डकपको फाइनलमा

उत्तम रिजाल,झापा । विभागिय टोली सेनाको त्रिभूवन आर्मी क्लबलाइ दुइ शुन्यले पाखा लगाउँदै एडिभिजन राष्ट्रिय लिग विजेता मछिन्द्र क्लब झापाको झिलझिलेमा जारी तेश्रो सत्ताक्षी गोल्डकप फुट्बल प्रतियोगिताको फाइनलमा प्रबेश गरेको छ ।   झिलझिले स्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा सम्पन्न खेलमा मछिन्द्रले आर्मी माथी सहज जित निकालेको हो । मछिन्द्रका लागि रेजिन सुब्बाले पहिलो

नेपालले अमेरिकालाई ८ विकेटले हरायो, ५ ओभरमै विजयी लक्ष्य पूरा

आईसीसी विश्वकप क्रिकेट लीग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकालाई पराजित गरेको छ । बुधवार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको हो । अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपाली ब्याट्स्‌म्यानले ५ ओभर २ बलमा मात्र २ विकेटको क्षतिमा भेट्टाए । नेपाललाई जीत दिलाउन पारस खड्काले २० तथा दीपेन्द्रसिंह ऐरीले १५

नेपाललाई दोस्रो सफलता, सुसनले लिए विकेट

आईसीसी विश्वकप ‘क्रिकेट लिग टू’अन्तर्गत नेपालसँगको दोस्रो खेलमा २ सय ५० रनको लक्ष्य पछ्याइरहेको ओमानले दोस्रो विकेट गुमाएको छ । ओमानको दोस्रो विकेट सुसन भारीले लिए । उनले खवार अलीलाई पेभेलियनको बाटो देखाए । यसअघि पहिलो विकेट ओमानले ४९ रनको स्थितिमा गुमाएको थियो । नेपाललाई पहिलो सफलता कुशल मल्लले दिलाएका थिए ।

बूढासुब्बा गोल्डकप फागुन १० देखि, भिएआर प्रविधि पनि प्रयोगमा ल्याउदै

धरान / मोफसलको ठूलो फुटबल प्रतियोगिता बूढासुब्बा गोल्डकपको २२औँ संस्करण आगामी फागुन १० गतेदेखि धरानमा हुने भएको छ । आयोजक धरान फुटबल क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै देशीविदेशी गरी प्रतियोगितामा आठवटा टोलीको सहभागिता रहने जानकारी दिएको छ । क्लबका अध्यक्ष तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रदेश अध्यक्ष किशोर राईका अनुसार एन्फाले बूढासुब्बालाई ‘क’

अमेरिकाले ओमानलाई दियो २ सय १४ रनको लक्ष्य

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तरगतको दोस्रो खेलमा अमेरिकाले ओमानलाई २१४ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय १३ रन बनाएको हो । कमजोर सुरुवात गरेको अमेरिकाले ५४ रनमा ४ विकेट गुमाएको अवस्थामा इआन होल्यान्ड