लखनपुर पुगेर अर्जुन राईले गरे यस्तो प्रतिबद्धता

दमक/नेकपा एमाले झापा क्षेत्र नं. ५ अन्र्तगत ५ ख प्रदेशसभा सदस्यका उम्मेदवार अर्जुन राइले यो ऐतिहासिक निर्वाचनमा जनताले आफूलाइ बिजय गराउने बताएकाछन् ।

उनले आफू जिल्ला सभापति हुदा होस या सुकुम्बासी समस्या सामधान आयोगको झापा अध्यक्ष भएर काम गर्दा होस कहिल्यै पनि गलत नियत राखेर काम नगरेको भन्दै आफूले राजनीतिलाइ सेवाको रुपमा बुझेको जनाए ।

झापाको कमल गाँउपालिका साविक लखनपुरमा भएका चुनावी कार्यक्रमहरुमा बोल्दै उनले प्रदेशसभा निर्वाचनमा आफ्नो उम्मेदवारी यस क्षेत्रका बिकास र जनताको सेवाका लागि नै भएको जनाएकाहुन् ।

उनले अहिलेसम्म आफ्नो जिबन जनताको सेवामा नै समर्पित गरेको बताउदै अब पनि एकपटक जनताले मौका दिने बताए । राइले लखनपुरको बिकासमा आफू दत्तचित्त भएर लाग्ने प्रतिबद्धता गरे ।

खानेपानी समस्या सामधान, बिद्यूत नपुगेको ठाँउमा बिद्यूतिकरण, क्षेत्रिय आर्युबेद अस्पतालको निर्माण सम्पन्न गराउने, रतुवा खोलाको क्षति न्यूनिकरणका लागि तटबन्धन लगायतको बिषयमा जनताले गुनासो नगर्ने गरी काम गर्ने राइले जनाएकाछन् ।

फेसबूक कमेन्ट्स