बिष्ष्णुप्रसाद पोखरेल
दमक/झापाको दमकमा यसैबर्षदेखि १० लाख पुरुस्कार राशिको दमक ‘गोल्डकप’ शुरु हुने भएको छ । नेपालमा चर्चित रहेका प्रख्यात क्लवहरुको सहभागितामा गोल्डकप आयोजना गर्नका लागि प्रथम नगरसभाले २० लाख बजेट बिनियोजन गरेको दमक नगरपालिकाकी उपप्रमुख तथा प्रवक्ता गिता अधिकारीले बताएकीछन् ।

खेलकुद क्षेत्रको बिकासका लागि गोल्डकपको आयोजना गर्न लागिएको मंगलवार नगरपालिकामा भएको पत्रकार सम्मेलनमा अधिकारीले जानकारी दिएकीछन् ।

गोल्डकपले दमकको पहिचानलाइ खेलकुद क्षेत्रमा पनि बढाउने अपेक्षा लिइएको र फागुण महिनासम्ममा गर्ने सोच रहेको बताईएको थियो ।

दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले यहाँ रहेका क्लवहरुसंग समन्वय गरेर नै गोल्डकपको आयोजना गरिने छ । नगरपालिकाले प्रथम पुरुस्कार १० लाख, दोश्रो पुरुस्कार ७ लाख र तेश्रो पुरुस्कार ३ लाखको ब्यवस्था गर्ने उनले जानकारी दिए ।

नगर खेलकुल समिति बनाएर त्यसलाइ ब्यवस्थित गर्ने जनाईएको छ । त्यसै मार्फत यो गोल्डकपको तयारी हुनेछ । नगरपालिकाले नगरपालिकामा सबै क्ल्वहरुलाइ आवद्ध गरेर लैजाने समेत नीति लिइएको पत्रकार सम्मेलनमा बताईएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय