एजेन्सी   । साच्चै भन्ने हो भने सेक्स गर्ने कुनै निश्चित समय छैन न त कति पटक गर्ने भन्ने कुनै वष्तुनिष्ठ सिद्धान्त नै । मानिसहरु आफ्नो समय र उपयुक्तताका आधारमा यौन कर्म गर्ने गर्दछन् ।

यद्यपी अधिकांशले रातिमा सेक्स गर्ने मान्यता भने हामीमाझ स्थापित छ । तर, अध्ययनहरुले भनेका छन् कि रातिमा भन्दा विहानको सेक्स उत्तम हुन्छ ।

कारण एकाविहानै सेक्स गरे दिनभरी ‘मुड फ्रेस’ हुन्छ । अनुशन्धानहरुले विहानमा सेक्स गर्ने विभिन्नकारणहरु पत्ता लगाएका छन् ।

विभिन्न् अनुशन्धानहरुले विहानको साढे ७ बजेलाई सेक्स गर्ने उपयुक्त रहेको पत्ता लगाएका छन् ।

इटलीमा गरिएको एक अध्ययनका अनुसार यो समयमा शरिरमा सेक्स हार्मोन्सको मात्रा बढि उत्पन्न हुने भएकोले विहानै ओछ्यानमा ७ बजेर ३० मिनेटमा सेक्स गर्न सुरु गर्दा अति उत्तम हुन्छ । यतिमात्रै होइन विहानको सेक्सले दुबैजनालाई दिनभरी थकान महसुस नहुने, दिमाग तिक्ष्ण र दिनभर ताजगी महशुष हुने बताइएको छ ।

त्यस्तै विहानको सेक्सले महिला र पुरुष दुबैमा प्रजनन क्षमता बढ्ने र महिलाहरुलाई धेरै शक्ति प्राप्त भएको महसुस हुने पनि बताइएको छ ।

रातीमा किन सेक्स नगर्ने भन्ने विषयमा विहानमा खाना खाएर सेक्स गर्नु स्वास्थ्यका दृष्टिकोणले हानिकारक मानिन्छ । त्यसैले रातीमा सेक्स गनुभन्दा विहान मै गर्दा राम्रो हुने पनि विज्ञहरुको जोड छ । रातीको सेक्समा नयाँपन नहुने भएकाले पनि यौन आकर्शणका लागि फलदायी नहुने बताइन्छ ।

सेक्स कतिपटक गर्ने ?

सेक्स कतिपटक गर्ने भन्ने कुनै स्थापित मान्यता छैन मानिसहरु शारिरिक आवश्यक्ता अनुसार सेक्स गर्ने गर्दछन् ।

तर अध्ययनहरुले भने सातामा तीनपटक सेक्स गर्न उत्तम हुने देखाएको छ । सातामा तीन पटक सेक्स गर्दा सेक्सप्रति वितृष्णा नजाग्ने र यौन आकर्षणलाई ताजा राख्न मद्दत पुग्ने अध्ययनहरुबाट पत्ता लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर