अभिनेत्री रेखा थापाले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेकी छन् । कमल थापाको पार्टी छाडेर अभिनेत्री थापा राप्रपा विभाजन भएर गठन भएको नयाँ पार्टी राप्रपा (प्रजातान्त्रिक)मा गएकी हुन् ।

आइतवार राप्रपा विभाजन हुँदा चुप बसेकी थापा मंगलबार मात्रै नवगठित राप्रपा (प्रजातान्त्रिक)मा गएकी हुन् । रेखा थापा नेताहरुसँगको छलफल पछि पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकमा जाने निश्कर्षमा पुगेकी हुन् ।

तत्कालिन दुई राप्रपा (राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल) एकीकरणको प्रक्रिया चलिरहेका बेला अभिनेत्री रेखा थापा माओवादी परित्याग गरी राप्रपामा प्रवेश गरेकी थिइन् ।

गत मंसिर २७ गते काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच राप्रपाका अध्यक्ष कमल थापाले रेखालाई पार्टीमा  स्वागत गरेका थिए । स्वागत कार्यक्रममा बोल्दै अभिनेत्री रेखा थापाले नेपालको राष्ट्रिय झण्डा र राप्रपाको झण्डा ओढेर मर्न चाहेको बताएकी थिइन् । लोकान्तर बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय