काग्रेसको चुनावी प्रचार टोलीलाई लक्षित गरेर माइन बम विस्फोट

तस्बिर : वेब

बेनी २८ कात्तिक– म्याग्दीको बेनी नगरपालिका १ अर्जममा मंगलबार दिउँसो नेपाली काग्रेसको चुनावी प्रचार टोलीलाई लक्षित गरेर माइन बम विस्फोट गराईएको छ ।

रत्नेचौरमा चुनावी आमसभा सकेर बेनी नगरपालिका १ अर्जममा घरदैलो लागि हिडेका काग्रेसका प्रतिनिधि सभाका उम्मेदवार खम्बीर गुर्वजा सहितको टोलीलाई लक्षित गरेर बम बिस्फोट भएको थियो ।लोकान्तर मा खबर रहेको छ।

रत्नेचौरको प्रहरी युनिट घटनास्थलमा विस्फोट भएको ठाउँमा पुग्दा मानविय क्षेती भएको छैन, भने सवारी साधनमा सामान्य क्षेती पुगेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सो प्रचार टोलीमा लोकतान्त्रिक गठबन्धनका प्रदेश क्षेत्र नम्बर क का उम्मेद्वार भिमप्रसाद गौचन, जिल्लाका बरिष्ठ नेता र कार्यकता पनि रहेको थिए ।
घटना लगत्तै रन्नेचौर प्रहरी युनिट र भुकण्डेको सशस्त्र प्रहरीको सुरक्षा जनशक्क्ति बढाएको जिल्ला प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले जानकारी दिईन ।
*तस्वीर : गर्बुजा सहित कांग्रेस कार्यकर्ता

फेसबूक कमेन्ट्स