सर्लाही प्रतिनिधि सभा १ मा बाम गठबन्धनका उम्मेदवार ध्रुव गौतमलाई नेपाली कांग्रेसका उम्मेदवार शम्भुलाल श्रेष्ठले समर्थन गरेका छन् ।

अन्तिम समयमा नेपाली कांग्रेसमा प्रवेश गरेका शम्भुलाल श्रेष्ठले आफू जित्ने झिनो सम्भावना देखेपछि बामगठबन्धनका उमेदवारलाई समर्थन गरेका छन् ।

प्रतिनिधि सभा पश्चात राष्ट्रिय सभामा समेट्ने अश्वाशनपछि श्रेष्ठले समर्थन गर्दै बाम गठबन्धनका उमेदवारको पक्षमा भित्रीरुपमा भोट माग्दै हिँडेको गरेको आंकलन गरिएको छ ।

यसअघि पनि २०७० को चुनावमा श्रेष्ठले अन्तिम समयमा कांग्रेसले टिकट नदिए पश्चात माओवादीमा प्रवेश गरेका थिए ।

आसन्न चुनावमा क्षेत्र एमालेको भागमा परेपछि श्रेष्ठ पुनः कांग्रेसमा प्रवेश गरेका हुन् । तर सबै तिरको आँकडाअनुसार बाम गठबन्धनकै पल्लाभारी भए पश्चात श्रेष्ठले सेफ ल्यन्डिङ गरिएको सर्लाही १ मा चर्चा छ । जनता टाईम्स बाट सभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय