काठमाडौं, १४ भदौ । पूर्वस्वास्थ्यमन्त्री, नेपाली कांग्रेसका युवा नेता गगन थापाकी अहिले दुईटी प्यारा छोरी छन् । डा. अञ्जना केसीसँगको विवाहपछि गगनको पारिवारिक जीवनको फड्कोमात्र होइन, राजनीतिक जीवनको फड्को पनि निक्कै तेज गतिमा भयो । गगनको सुन्दरता, तिक्ष्णतासँग कायल हुने, घायल हुने कति थिए, कतिपय अझै छन् । तर, उनको प्रेम डा. अञ्जनासँग मात्रै भयो, विवाह पनि उनीसँग मात्रै । जीवन चलिरहेको छ ।

स्कुल पढ्दा उनले प्रेमका खासै अनुभव गरेनन् । त्रिचन्द्रमा स्ववियु सदस्य भएपछि उनको लोकप्रियता बढेको थियो । वाककलामा तिक्ष्ण गगनका योजना र हिम्मतले धेरैलाई कायल बनायो । त्यसैबेला उनका केही अफेयर चले । तर, उनी ठान्छन्,‘ति सवै अस्थायी रहेछन् । कलेजको उमेरअनुसारको सोच रहेछन्, ति प्रत्येकका जीवनमा हुन्छन् तर प्राथमिकतामा पर्दैैनन् ।’

चमत्कारीक वाककला भएका गगनले एउटा पनि प्रेम पत्र कोरेनन्, कोरे त युवा राजनीतिका नयाँ स्तम्भहरू म्यागेजिनमा र राष्ट्रय दैनिकहरूमा । उनको पालामा प्रेमपत्रको जमाना हराइसकेको चर्चा थियो । तर, आखिर प्रेम हो, एउटा चिर्कटोमा जसले पनि लेख्छ ।

चमत्कारीक वाककला भएका गगनले एउटा पनि प्रेम पत्र कोरेनन्, कोरे त युवा राजनीतिका नयाँ स्तम्भहरू म्यागेजिनमा र  दैनिकहरूमा ।

कलेजका दिन यसै वित्दै थिए, उनका । कतिपय केटीहरू उनीसँग नजिक हुन खोजे उनी टाढिए । कतिपय राम्रीसँग नजिक हुने उनले मौका पाएनन् । तर, उनको जीवनकै अङ्ग बन्नु थियो अञ्जना भने भाग्यले अरूकहाँ पुराएन । राजनीतिभित्र जीवन खोजिरहेका गगनलाई भेट्नु थियो, नेता अर्जुननरसिंह केसी । उनी केसीको घर पुगेका थिए, ०६२/६३ को जनआन्दोलन पूर्व विद्यार्थी परिचालनको सल्लाहका लागि । त्यसबेला केसी कांग्रेस सहमहामन्त्री एवं प्रवक्ता थिए । अञ्जनासँग उनको आँखा त्यहिँ जुधेको थियो । त्यतिबेला अञ्जना पढ्नका लागि बाहिर जाने तयारीमा थिइन् ।

गगनको त्यसबेलाको चर्चासँग अञ्जना अञ्जान हुने कुरै थिएन । केसीका घरमा गगनको पाइलामात्र होइन, दिल नै अड्कीने मेसो अञ्जनाले पनि बनाएकी थिइन् । लोकतान्त्रिक आन्दोलनका क्रममा गगन र अञ्जना सँगै हिँडे । साथी बने । प्रेमको पहिलो र औपचारिक प्रस्ताव कसले राख्यो पत्तै भएन । गगनको जीवनको प्राथमिकता बुभ्mने, भौतिक कुरालाई त्यति महत्व नदिने, जीवनका उतारचढाव बुझ्ने, चाँडै उत्साहित र चाँडै निराश नहुने अनि अभावमा पनि हास्न सक्ने मानवीय पक्ष अञ्जनामामा देखेका गगनको मन मैन भइसकेको थियो, उनीप्रति । गगन–अञ्जनाको प्रेम दुइ वर्ष चल्यो । नेता भेट्न जाँदा उनकै छोरीसँग प्रेमको आलिङ्गन हुँदै जीवन संगीनि बनाउने सूत्राधार थियो– ०६२/६३ को जनआन्दोलन ।

नेता भेट्न जाँदा उनकै छोरीसँग प्रेमको आलिङ्गन हुँदै जीवन संगीनि बनाउने सूत्राधार थियो– ०६२/६३ को जनआन्दोलन

अञ्जना अमेरिका गएपछि उनँहरूबीच टेलिफोन र इमेलमा भावना साटासाट भयो । अञ्जनाको बौद्धिकता, मिलनसार बानी र सौन्दर्यले गगनलाई पछ्याइरह्यो । गगनले मिडियाहरूमा सम्झिँदै भनेका थिए,‘मेरो प्राथकितामा सौन्दर्य भन्दा पनि सम्बन्धलाई राम्रो बनाउने हो, अञ्जनालाई मेरो जीवनको मिसन बुभ्mन सक्षम पाएँ ।’

अञ्जना अमेरिकाबाट फर्केपछि उनँहरूको विवाह गराउन परिवार तुरून्त राजी भयो ।

वैशाख १५ गते गगन साथीको कार लिएर दुलही लिन गए । जन्तीको समूह सानो थियो । तडकभडकविहीन तर विधिपूर्वक विवाह भयो । शुभकामना दिन तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला पुगेका थिए । गिरीजाबाबुले भनेका थिए,‘तिमीहरूको जोडी राम्रो होस् ।’

गगनले विवाह भोज खुवाएनन् । त्यसैले विवाह खर्चिलो हुन पाएन । उनले विवाह भोजका लागि छ्ट्याएको दुइ लाख उनले पाटन अस्पतालको सघन उपचार कक्षलाई दिए । त्यसैले सायद निक्कै पछि उनलाई स्वास्थ्यमन्त्री बन्ने भाग्य पनि खुलेको थियो ।

उनी भन्छन्,‘जीवनको मिसनमा प्रेम अवरोध बन्नुहुँदैन बरू सहयोगी हुनुपर्छ । गगनको विचारमा सेक्स प्रेमसित जोडिएको पाटो हो । प्रेमसहितको सेक्समात्र उत्तम हो । मिसन विनाको प्रेम वा सेक्सले युवाहरू समस्यामा परेका छन् ।’

गगन थापाको जन्म २०३३ सालमा काठमाडौंको प्रसूति गृहमा भएको थियो । ४१ वर्षिय गगनका बाबु इन्जिनियर थिए । महेन्द्रकुमार थापा र रामेश्वरी थापाका यी माइला सन्तान हुन् ।

२०४६ सालको जनआन्दोलनमा गगन सक्रिय थिए । त्यतिबेला उनी कक्षा ९ मा पढ्थे त्यसबेला । तर, राजनीतिमा लाग्ने सोचाइ थिएन । त्रिचन्द्र क्याम्पसमा पढ्न थालेपछि चाहिँ उनी विद्यार्थी संगठनमा लागे नेविसंघको सदस्यका रूपमा । २०५१ सालमा उनी त्रिचन्द्र स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित भए ।

त्रिचन्द्र स्ववियुमा सदस्य सचिव हुँदै सभापति बनेका गगन ०५५ सालमा स्ववियु सभापति भएपछि नेविसंघको केन्द्रीय राजनीतिमा संलग्नता बढ्यो । सझापोस्ट बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय