यसैपनि सरकारी कार्यालयका प्रमुखहरु लोकप्रीय खासै बन्दैनन् । किनकी उनिहरुले कसै न कसैको चित्त दुखाएकै हुन्छन् र कुनै न कुनै बिबादमा परेका नै हुन्छन् ।

अझ प्रहरीमा त कमै मात्र प्रहरी अफिसर हुन्छन् जसले पब्लिकको राम्रो सहयोग तथा साथ पाउछन् । यस्तै अफिसर मध्ये एक भएकाछन् झापा ट्राफिकमा प्रमुखको जिम्मेवारी सम्हालेर सुनसरी सरुवा भएका प्रहरी निरीक्षक ढुण्डिराज गिरी ।

उनी करिब डेढ बर्ष अघि देखि झापामा प्रहरी प्रमुखको जिम्मेवारीमा रहेका थिए । उनको यहाँबाट सरुवा भएपछि सामाजिक तथा राजनीतिक ब्याक्तिहरुले फेसबुकमा उनको खुबै प्रशंशा गरे । सञ्चार माध्यमहरुमा पनि उनले वाहवाह पाएकाछन् ।

उनलाइ स्थानीय झापाका ४ दर्जनाभन्दा बढि संघसंस्थाहरु सम्मान गरेकाछन् । यसले कसरी सेवा प्रदान गर्नुपर्छ र जनताको मन जित्नु पर्छ भन्ने पनि पुष्टि गरेको छ । उनलाइ बिदाइ सहित सम्मानका लागि संघीय प्रहरी इकाइ चन्द्रगढीका प्रमुख एसएसपि पिताम्बर अधिकारी समेत सामेल भएका थिए ।  भण्डारीले जहाँ जाँदा पनि यहि सफलता मिलोस शुभकामना

बिपिपि

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय