काँग्रेस झापा ५ ले गरे आफ्नो घोषणापत्र सार्वजनिक

दमक/नेपाली कांग्रेस क्षेत्रीय समितिले आसन्न प्रतिनिधीसभा तथा प्रदेशसभालाई लक्षित गरेर आफनो स्थानीय घोषणा पत्र सार्वजनिक गरेको छ । मंगलवार दमकमा एक कार्यक्रम गरि पार्टीले चुनावी घोषणा पत्र सार्वजनिक गरेको हो ।

घोषणा पत्र कांग्रेस क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी,प्रतिनिधीसभा सदस्यका उम्मेदवार डा.खगेन्द्रपाण्डव अधिकारी, प्रदेशसभाका उम्मेदवार अधिबक्ता राजनबहादुर ढुंगाना, घोषणापत्र तयारी उपसमितिका संयोजक डा.नेत्रबहादुर बुढाथोकी, महासमिति सदस्य शुरेस सुब्बाले संयुक्त रुपमा सार्वजनिक गरेका छन् ।

नेपाल प्रेस यूनियन माइपश्चिम क्षेत्रीय समितिले आयोजना गरेको चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रममा कांग्रेसबाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार डा.अधिकारी, प्रदेशसभा सदस्यका उम्मेदवार ढुंगाना, घोषणापत्र तयारी उपसमितिका संयोजक डा. बुढाथोकीले सार्वजनिक गरिएको स्थानीय स्तरका आफनो घोषणा पत्र कार्यान्वयन गराएर छाड्ने सामूहिक प्रतिवद्धता जनाएका थिए । घोषणापत्रमा दमक, कमल गाँउपालिकाका विभिन्न विकासका योजनाहरुलाई समेटिएका छन् ।
त्यस कार्यक्रममा पार्टीका नगर सभापति रोशन विष्ट, महिला संघकी नगर सभापति मन्दरा पौडेल,घोषणापत्र तयारी उपसमितिका सदस्य यज्ञराज गिरीलगायतको उपस्थिति रहेको थियो ।

फेसबूक कमेन्ट्स