झिलझिलको खेलमैदानमा झापा ११ ले पोखरा ११ लाइ यसरी पछार्यो

उत्तम रिजाल/दमक

झापाको झिलझिलेमा आजबाट शुरु भएको टुबोर्ग दोश्रो सताक्षी गोल्डकप फुट्बल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै झापा ११ विजयी भएको छ ।

उसले कास्कीको पोखरा ११ लाई ५-० को विशाल गोल अन्तरमा पाखा लगायो । शुरुवात देखी नै आक्रामक देखिएको झापाले १२ औं मिनेटमै जर्सी नम्बर ९ का अफ्रिकन खेलाडी मार्टिन अजयको गोलबाट अग्रता लिएको थियो । त्यसपछि २१ औं मिनेटमा जर्सी नम्बर ११ का संजोग राईको पासमा जर्सी नम्बर १४ का कर्ण लिम्बुले दोश्रो गोल गरे ।

लगत्तै तीन मिनेट पछि करिब १८ यार्ड बाट जर्सी नम्बर १७ का विशाल राईले सेकेण्ड बार च्याप्दै प्रहार गरेको बलले जाली चुमेपछि खेलमा झापा ११ ले अग्रता ३ ० मा पुर्यायो । त्यसपछि त्यसपछि पहिलो हाफ सम्म थप गोल हुन सकेनन् । पहिलो हाफमा ३ ० को अग्रता लिएको झापाले दोश्रो हाफमा थप दुई गोल गर्यो ।

उसका जर्सी नम्बर १२ का चौथा गोल गरे । उनले करिब २२ यार्ड टाढाबाट प्रहार गरेको बलले शानदार जाली चुमेको थियो । थप गोल जर्सी नम्बर १४ का कर्ण लिम्बुले गरे । उनले खेलको ७२ औं मिनेटमा गोल गरेका थिए । लिम्बुले त्यसको थप ४ मिनेट पछि डिबक्स भित्र पाएको अर्को अबसरलाई भने सदुपयोग गर्न नसक्दा दोश्रो सत्ताक्षी गोल्डकप फुट्बल प्रतियोगिताको ह्याट्रिक गर्ने पहिलो खेलाडी बन्न चुके ।

पराजित पोखरा ११ भने झापा सामु खेल अबधिभर नै निरीह देखिएको थियो । उसले कुनै पनि समय झापा माथि दबाब दिन सकेन् । विजयी झापा ११ का कप्तान योगेश गुरुङ् म्यान अफ दि म्याच घोषित भए । जितसँगै झापा ११ प्रतियोगिताको अन्तिम चार प्रबेश गरेको छ । भोलि डायमण्ड अफ फुट्बल एकाडेमी भारत र शसस्त्र प्रहरीको एपिएफ आमने सामने हुनेछन् । खेल साँढे २ बजेबाट शुरुहुनेछ । खेल सताक्षी धाम स्पोर्टिङ् क्लबको आयोजनामा संचालन भएको हो ।

फेसबूक कमेन्ट्स