सोल/  दक्षिण कोरियामा नीजि क्षेत्रबाट रेमिट्यान्स कम्पनी खोल्न चाहने इच्छुकलाई सरकारको स्वागत रहेको नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरन्जीवी नेपालले बताए । कोरियाको सेन्ट्रल बैंकसंग कुरा गरेपछि यसैबर्षबाट कोरियन सरकारले नीजि रेमिट्यान्स कम्पनीहरुलाई लाइसेन्स दिन थालेकाले टेमिट्यान्स खोल्न चाहनेलाई नेपाल सरकारको सहयोग हुने उनले स्पष्ट पारेका हुन् ।

सोमबार सउल स्थित नेपाली राजदूताबासमा आयोजित अन्तरकृया कार्यक्रममा सो भनाइ राख्दै उनले कोरियामा रहेका नेपालीहरुलाई बैधानिक रुपमा रकम नेपाल पठाउन आग्रह पनि गरे ।

कोरियामा नेपालसंग कारोबार गर्ने आठवटा रेमिट्यान्स कम्पनीले लाइसेन्स लिइसकेका छन् । जसमध्ये ग्लोबल मणि एक्सप्रेस (जि.एम.ई)ले भने गत अक्टोबर १० तारिखबाट सउलमा कार्यलय स्थापना गरी कारोबार शुरु गरिसकेका छन् ।

आइतबार सो रेमिट्यान्स कम्पनीले नेपालबाट वित्तिय क्षेत्रका उच्च पदाधिकारीहरुलाई आमन्त्रण गरी औपचारीकरुपमा कार्यलय उघाट्न गरेका थिए । कार्यक्रममा आइएमइ ग्रुपका अध्यक्ष चन्द्र प्रशाद ढकाल, ग्लोबल आइएमइ वैंकका कर्पोरेट डाइरेक्टर सुमन शर्मा र नेपाल राष्ट्र बैंकका वित्तीय विभागका प्रमुख बामदेब सिग्देल , उद्योग बाणिज्य संघका पदाधिकारीलगायतको उपस्थिती रहेको थियो । जसको लागि नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरन्जीवी नेपाल विमान ढिलाईका कारण कार्यक्रममा उपस्थित हुन सकेका थिएनन् ।

कोरियामा वित्तिय क्षेत्रका उच्च पदाधिकारीहरु आमन्त्रण गरी पहिलोपटक औपचारिक उद्घाटन गरेका जि.एम.इ रेमिट्यान्स कम्पनीले २० दिन भित्र ७ सय जनाले २० लाख डलरको हाराहारीमा कारेबार गरेको कम्पनीका निर्देशक सुभाष पौडेलले बताए । कोरियन सरकारले गत जुलाईमा नीजि क्षेत्रबाट रेमिट्यान्स कम्पनी खोल्न चाहनेलाई लाइसेन्सको लागि आवहान गरेका थिए । सोही अनुसार अगष्ट २३ मा जि.एम.इले लाइसेन्स पाएको निर्देशक पौड्यालले जनाए ।

यसभन्दा अघि कोरियामा खोलिएका केही बैंकहरुले पैसा पठाउदा लग्ने शुल्क बढी तथा पैसा ढिलो पुग्ने र झन्झटिलो प्रकृया भन्दै ग्राहकहरु हुन्डी तर्फ नै बढी आकर्षित भएको देखिएका थिए । त्यसैले कम शुल्कमा विना झन्झट छिटो पैसा पुराउने सहज र सरल सक्रिय रेमिट्यान्स कम्पनीहरुलाई नेपाल सरकारले आवहान गरेको हुनसक्छ । श्रोत: फोनिज कोरिया ड्ट नेट

प्रतिक्रिया

सम्बन्धित खवर