लालसलाममा बानि परेका नवराज सिलवालका लालमुठ्ठि ! सिलवाल, सिपाही, सेल्फी र श्रृजना

रवि धामी
विहीबार दोस्रो चरणको निर्वाचनकालागी उम्मेदवारहरुको मनोनयन दर्ताकालागी निर्वाचन आयोगले तोकेको दिन थियो । सयम सिमा थियो विहान १० देखि सांजm ५ बजेसम्मको । त्यहि मेसोमा पछिल्लो समयमा चर्चित एउटा अनुहार नेपाली पोसाकमा गालाभरि फुलमाला भिरेर दिउसो करिव १ बजे ललितपुरको लगनखेलमा गाडिबाट ओर्लियो । उनि आउनु अघि नै उपस्थित भिडले नारा लगायो ललितपुर जिल्ला लालकिल्ला । त्यहि परिचित अनुहारले सवैलाई मुठ्ठी कसेर अभिवादन गर्यो । अनि तिनै परिचित अनुहारले जुलुसको नेतृत्व गर्यो र जावलाखेल तिर लाग्यो ।

हो सयौंको संख्यामा रहेको सो जुलुसको नेतृत्व गरेका थिए नेपाल प्रहरीका पुर्व डिआईजी नवराज सिलवालले । हो अहिले उनको परिचय बदलिएको छ हिजो प्रहरीका डिआईजी नवराज सिलवाल थिए अहिले कमरेड नवराज सिलवाल । यति मात्रै होईन हिजो नेपाली जनताको शान्ति सुरक्षामा उनको ध्यान थियो अहिले आर्थिक समृदी उनको नारा बनेको छ । उनलाई सरकारले अन्याय गरेको सबैका दिमागमा छ, धेरैले दिलैबाट उनिमाथी भएको अन्याय देखेकोछ, सर्वसाधाहरण, प्रहरी, पत्रकार र उनको परिवार । यदि उनिमाथि अन्याय नभएको भए आज उनि यो निर्वाचन कसरी शान्तिपुर्णढंगले सम्पन्न गर्नेतिर केन्द्रित हुन्थ्यो किनकि उनि प्रहरी संगठनको प्रमुख हुन्थे, अन्याय भयो उनले कसम खाए म जिवनभर अन्यायका विरुद्ध लडे अन्तिममा आएर अन्यायको कसरी साथ दिउ । त्यसैले न्यायकालागी उनि अहिले जनताको दैलोमा पुगेका छन ।

जावलाखेलमा रहेको नेपाल प्रशिक्षण प्रतिष्ठानमा निर्वाचन आयोगले ललितपुर जिल्लाको निर्वाचन क्षेत्र नम्वर १ को कार्यालय खोलेको थियो । त्यहां वाम मोर्चाको तर्फबाट उमेदवारी दिन पुगेका थिए सिलवाल । भित्र आफ्नो उमेदवारी दर्तापछि उनलाई सञ्चारकर्मीका क्यामेराले घेरे । सबैको एउटै किसिमका प्रश्न थिए उम्मेदवारी त दर्ता गर्नु भयो जित्नु हुन्छ। सिलवालको जवाफ थियो सत प्रतिशत जित्छु । फेरि प्रश्न आयो कसरी म माथी राज्यले घोर अन्याय गर्यो । आफुले जायज कुरा उठाउदा धर पकड गर्यो । लोकतन्त्रमा जनता सर्वपरि हुन त्यसैले अन्यायमा परेकालाई जनताले न्याय नदिए कसले दिने । म न्यायकालागी जन्मस्थान पुगेको छु, मेरा दाजु भाई दिददी वहिनी साथी भाई सबैले म माथी भएको अन्नया देखेका छन उनीहरुले न्याय नदिएआखिर मलाई कसले देला र ।

सञ्चारकर्मीहरुसंग मुखाकार गरि सकेपछि सिलवाल फेरि लागे निर्वाचनआयोगका कर्मचारी भएतिर । सबै लाई नमस्कार गर्दै उनि त्यहांबाट विदा लागे आफुलाई उनलाई वाहीर पर्खेको जुलुसतिर । बाटामा सञ्चारकर्मीसंगै सर्वसाधाहरण उनीसंग सेल्फिदै थिए भिडलाई छिचोलेर उनि सशस्त्र प्रहरी वलका सुरक्षाकर्मीहरु भएतिर गए र उनिहरुसंग हात मिलाए । प्रतिउत्तरमा ति सुरक्षाकर्मीले अभिवादन गर्दै हात अगाडि बढाए । सुरक्षाको अग्रपंक्तिमा रहेका नेपाल प्रहरीका जवानहरु भएतिर लागे सबैले जय नेपाल गरे सबैसंग हात मिलाए । त्यति बेला सबैको ध्यान थियो सिलवाल र सिपाहीमा । वाहिर देखिनेगरि सिपाहीले छाती फुलाए आफ्ना पुर्व हाकिमलाई अभिवादन गरे अनि भने वेष्ट अफ लक सर जो रोचक क्षण हेर्न लायक थियो । संगै रहेका अरु ठट्यौलीमा भनि रहेका थिए फेरि नवराज सिलवालले हात मिलाए यो जवानको पनि सरुवा हुने भयो । किनकि सिलवालको नजिकको भन्दै चापागाउ वृतका डिएसपी आभुषण तिम्सििनालाई प्रहरी प्रधान कार्यालयले केहि दिन अघि सरुवा गरेको थियो ।

सिलवाल प्रतिष्ठानको परिसर वाहिर पुगि सकेका थिए सुरक्षाकर्मी कानेखुशी गर्दै भने आज त दिलखुस भयो । पंक्तिकारले जिज्ञासा राख्दा उनिहरु मध्येका एक सिपाहीले भने सिलवाल सापबाट संगठनमा सुधारको अपेक्षा गरेका थियौ सरकारले उनलाई त बनाएन बनाएन संगठनलाई ध्वस्त गर्ने काम भयो । आज उहांसंग हात मिलाई सकेपछि ठूलोभारी विसाए जस्तो अनुभुती भएको छ । उनिहरुले सिलवाल साप आईजीपी बन्न नपाए पनि आईजीपी चलाउने ठाउमा पुग्दै हुनुहुन्छ संगठनको पुर्व हाकिमका नाताले भएपनि हामा्र पिडा सुन्नु हुन्छ भन्ने विश्वास छ । उहांले निर्वाचन जित्दा आफुलाई नै निर्वाचन जितेको अनुभव हुने छ निकट भविस्यमै त्यो दिनआउने छ र त्यो दिनकोे पर्खाईमा नेपाल प्रहरीका सुरक्षाकर्मी बसेको प्रतिक्रिया दिए ।

परिसरको वाहीर उनिमाथी राज्यले गरेको अन्यायलाई दिलैबाट देखेकि पत्नि सृजना सिलवाल पनि जुलुसमा थिईन । राज्यले सिलवालमाथी चौतर्फि हमला गर्दा उनलाई नजिकबाट साथ दिने मध्ये उनै सृजनाले पिडा दिलैबाट देखेकि थिईन । विहीबार मनोनयन समारोहमा उनका पनि दुवै हात खालि थिएनन । काठमा बेरिएका दुई जmण्डा एउटा हातमा सुर्य थियो आर्को हातमा गोलाकार भित्र हसिया हतौडा । भनि जोर जोरले नारा लगाउदै थिईन ललितपुर जिल्ला लाल किल्ला । भोट के मा सुर्यमा । यो क्षण पनि एउटा हेर्न लायक नै थियो ।

नवराज सिलवाल फेरि जुलुसको नेतृत्व गर्दै अघि बढ्दै गए सेल्फी लिनेहरुको तांति लागि नै रह्यो । सेल्फी लिनेहरु उनलाई पन्छाई सेल्फि लिई रहेका थिए सिलवाल आफ्ना कदम अगाडि बढाई रहेका थिए । त्यहि मेसोमा टेलिभिजन तथा अनलाईनहरुमा समाचारहरु प्रशारण र प्रकाशित भई रहेका थिए शिर्षकहरु थिए पुर्व डिआईजी नवराज सिलवालद्धारा ललितपुर १ मा नेकपा एमालेका तर्फबाट उम्मेदवारी दर्ता , जनताकोे अदालतबाट जित्ने दाबी ‘‘। उम्मेदवारी दर्तापछि नवराज सिलवालले भने- न्यायका लागि जनतासँग जादैछु …… ईत्यादी ।

र अन्त्यमा नवराज सिलवालका कारण ललितपुर १ हेबिबिट निर्वाचन क्षेत्र भित्र गनिएको छ । शिर्ष नेताहरुका निर्वाचन क्षेत्र जस्तै ललितपुर १ मा पनि अन्तिमसम्म सबैको ध्यान खिचेको छ । सिलवाल माथी राज्यले गरेको अन्याय र अत्याचारलाई नजिकबाट नियाल्ने अवसर पाएको पंक्तिकारलाई भोलीका दिनमा लेख्ने धोकोे छ राज्यले अन्याय गरेका नवराज सिलवाललाई ललितपुर १ का जनताले दिए न्याय । बांकि वल जति ललितपुर १ का मतदाताका हातमा । जय जनता ।

फेसबूक कमेन्ट्स