झापा, २ मंसिर । वाम गठबन्धनका शीर्ष नेता एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार झापामा स्वास्थ्य परिक्षण गराएका छन् ।

संयुक्त चुनावी आमसभालाई सम्बोधन गर्न ओलीको गृहनगर विर्तामोड पुगेका दुबै नेताले वि एण्ड सी अस्पतालमा गएर डा. किशोर कुमार र डा. लक्ष्मण ठाकुरबाट प्रेसर लगायत नियमित स्वास्थ्य परीक्षण गराएका हुन् ।

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि र प्रदेशसभा चुनावमा वाम गठबन्धनका उम्मेदवार जिताउन अहिले ओली र प्रचण्ड देश दौडाहमा छन् । दुई पार्टीले देशका विभिन्न जिल्लाहरुमा संयुक्त चुनावी सभा गरिरहेका छन् । दैनिक नेपाल बाट सभार

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय