दमक मंसिर ३
विभिन्न पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेका नवप्रवेशीहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज स्वागत गरेकाछन् । दमक ५ स्थित ओली निवासमा आज विहान आयोजित कार्यक्रममा १ सय ५० जनाभन्दा बढि नवप्रवेशीलाई ओलीले फूलका माला लगाएर स्वागत गरेकाहुन् ।

पार्टी प्रवेश गर्ने माओवादी , मोहन बैध नेतृत्वको नेकपा माओवादी पार्टी , संघीय समाजबादी फोरम, जनमुक्ति पार्टी ,राप्रपा, संघीय लिम्वूवान पार्टीका कार्यकर्ता र सर्वसाधारण रहेको दमक नगर कमिटी अध्यक्ष बोधराज घिमिरेले बताए ।

कुमार लिङदेनको मञ्च सम्वद्ध संघीय लिम्वूवान राज्य परिषद झापाको उपाध्यक्ष बविता राईको नेतृत्वमा २७ जनाले पार्टी परित्याग गरेर एमालेमा प्रवेस गरेकाछन् । उनीहरुलाई नेता ओलीले फुलमाला लगाएर स्वागत गरेका थिए
संघीय समाजवादी फोरम नेपाल झापा गाउँ पालिकाबाट फोरमको गाउँ पालिका समितिका अध्यक्ष गौरीशंकर राजवंशी सहितको ४२ जनाको टिम एमालेमा प्रवेश गरेको थियो ।

सोही समितिका उपाध्यक्ष तेजनारायण गणेश , सदस्यहरु घनश्याम गणेश, प्रविन राजवंशी , प्रकाश चन्द्र यादव र नुरालम मियाँ लगायत रहेकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर