बेरोजगार भएर चिन्तित हुनुहुन्छ ? चिन्ता नलिनुहोस, अव तपाईलाई सरकारले नै जागिर खोज्ने उपाय सिकाइ दिएको छ । बेरोजगारलाई जागिर र उद्योगलाई कामदार उपलब्ध गराउने उद्देश्यले सरकारले एउटा अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । सरकारीस्तरबाट रोजगारी खाज्नका लागि पहिलो पटक यो साइट सञ्चालनमा ल्याइएको हो ।

जब खोज डट गभ डट एनपी वेब ठेगानामा गएर जागिरको विबरण खोज्ने तथा आवेदन दिन सकिने छ । निजी क्षेत्रमा जागिरको अवसर खोज्ने बिभिन्न साइट भएपनि सरकारी पहलमै शुरु भएको यो साइट पहिलो हो ।

पढेलेखेका नेपालीहरु अवसर नभएको भन्दै बिदेश पलायन भैरहेको समयमा सरकारी तवरवाट आएको यो साइट उपयोगी बन्न सक्छ । अन्य निजी क्षेत्रवाट सन्चालित साइट भन्दा सरकारी साइटलाई बिश्वासिलो मान्ने गरिन्छ ।साइटमा उद्योग र प्रतिष्ठानहरुलाई आवश्यक कामदारको संख्या, कामको बिबरण, सेवा सुविधा र सर्तहरु राखिएको हुन्छ ।

यसैगरी कामदारको पनि शैक्षिक योग्यता, अनुभवको विवरण पनि राखिएको हुन्छ । प्रविधिको यो फड्को सँगै अब पढाई सकेपछि जुक्ता फाटुञ्जेल जागिर खोज्नु पर्दैन । यो साइट सन्चालनमा आएपछि पछिल्लो समय इमेल मार्फत बैयक्तिक बिवरण पठाउने झन्झट पनि हट्ने बिश्वास गरिएको छ ।

सरकारी काम हो, निरन्तरता पाउला कि नपाउला ? यो प्रश्न सबैका मनमा छ किनभने नेपालमा हाकिम परिवर्तन हुना साथ कार्यक्रम र प्राथमिकता पनि परिवर्तन हुने पुरानै रोग छ । तरपनि बेरोजगार युवाले ब्यग्रतापूर्वक हेर्ने यो साइट निरन्तर रुपमा चले धेरै युवाहरु लाभान्वित हुन सक्छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय