अष्ट्रेलियाको उत्तरी भागमा सेतो रंगको गोही फेला परेको समाचारमा जनाइएको छ ।

दुर्लभ लाग्ने यस्तो गोही डार्विननजिक ऐडिलेड नदीमा भेटिएको हो । अहिलेसम्म कालो, खैरो र हरियो रंगका गोही मात्र भेटिएका थिए । करिब ३ मिटर लम्बाइको सेतो गोहीको नाम ‘पर्ल’ राखिएको छ । वन्य जीवन संरक्षण समूह नामक एक गैरसरकारी संस्थाकी अध्यक्ष ब्राडीले यस्तो गोही भेटिएपछि पर्यटन ब्यवसायी उत्साहित भएको बताइन् । उनले भनिन्, ‘भावविभोर भएर उसलाई मैले दिनभर हेरेर बसिरहें ।’

यसअघि सन् २०१४ मा यस्तै गोही फेला परेको थियो । त्यतिखेर यसले निकै चर्चा पाएको थियो । त्यस गोहीले माछा मार्ने एकजना ब्यक्तिलाई मारेको थियो । त्यसपछि स्थानीयबासीले उसलाई मारेका थिए ।

हाइपोमेलनिज्मले गोहीको रंग हल्का पहेंलो जस्तो देखिने जीव बैज्ञानिकहरुको भनाइ छ । अष्ट्रेलियामा पाइने धेरैजसो गोहीको रंग खैरो अथवा हरियो हुन्छ ।

चार्ल्स डार्विन विश्वविद्यालयमा रिसर्च एसोसियट ऐडम व्रिटनका अनुसार पर्लको वंशाणुगत कारणले यसको रंग सेतो भएको हुनु पर्छ । अण्डामा गडबड आउँदा पनि यस्तै हुन्छ ।,

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय