नेकपा एमालेका युवा नेता तथा झापा क्षेत्र नं. ३ क का प्रदेश सभा सदस्यका उम्मेदवार बसन्त बानियाले काँग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाइ अहिलेसम्म केहि बिकासका काम नगरेको भन्दै गरेको भए देखाउनका लागि चुनौती दिएकाछन् ।

उपप्रधान तथा गृहमन्त्री हुदा समेत एउटा क श्रेणीको प्रहरी कार्यालय समेत बनाउन नसकेको बताउदै अब त्यो आफुहरुले गर्ने भन्दै चुनौती दिएकाहुन् । अब जनताले पहिला केहि काम नगर्नेलाइ भोट नदिने उनले दाबी गरे ।

आफ्नो क्षेत्र झापा जिल्लाको कर्णाली भएको भन्दै अब यस क्षेत्रका जनताले कालोपत्रे हेर्न घण्टौ लगाएर आउनु पर्ने बाध्यता आफूहरु निर्वाचित भएपछि नहुने पनि बानियाले बताए । बानिया राप्रपासहितको बाम गठबन्धनका साझा उम्मेदवारहुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय