पुराना सोच र बिकासका मोडल बन्नेछन् बिस्थापित, जहाँ उदाउनेछन् अब केशव स्थापित

केशव स्थापितको नाम मैले सानैदेखि सुनेको थिए । उनि काठमण्डौको मेयर रहेका थिए र उनको दिनहुजसो नाम सञ्चारमाध्यममा आउने गर्दथ्यो । त्यसपछि पनि उनको चर्चा कम भएन र चर्चामा आइरहन्थे ।

फेरी स्थानीय तहको निर्वाचनमा उनि धेरै नै चर्चामा आए । उनि नै काठमण्डौको मेयर हुनेसम्मका चर्चा चले । पछि उनले बिद्यासुन्दर शाक्यलाइ काँधमा लगाएर हिडे र जून मतान्तर जिताएर छाड्छु भने त्यो भन्दा बढि मतान्तरले जिताए ।

स्थापित झापाको दमक आएका थिए । यहाँका केहि स्थानीय तहको चुनावमा सार्वजनिक कार्यक्रममा भाषण गरे । पत्रकारहरुसंग कुराकानी पनि गरे । उनमा साच्चै परिवर्तनका भिजनहरु रहेछन् भन्ने लाग्यो ।

करिब एकघण्टाको पत्रकार सम्मेलनमा उनले बिकासका नयाँ मोडेल र योजना राखेको देख्दा पत्यार लाग्यो । यस्तो भिजन हुने हो भने केहि गर्न सकिदो रहेछ इच्छा शक्ति भएको अवस्थामा ।

स्थापित अहिले काठमण्डौ ६ (क) बाट प्रदेशसभाका सदस्यको उम्मेदवार बनेकाछन् । उनि बाम गठबन्धनका साझा उम्मेदवार हुन् । अहिले उनि हरेक ठाँउमा चुनावी अभियानमा एउटा सेलिब्रेटीको रुपमा देखापरे जसरी नै देखापरेकाछन् ।

उनले प्रदेशसभा सदस्यमा किन गए होला भनेर पनि कतिले सोचिरहेको पनि पाइन्छ । तर उनको सटिक भनाइहरु रहेकाछन् । नयाँ नेपाल, संघीय नेपालमा बिकासका मोडललाइ देखाउनका लागि आफू प्रदेशससभा सदस्य बनेको सहजै उत्तर दिइरहेकाछन् ।

निराशाको अन्त्य तथा मुर्छित सपनाहरुलाइ ब्यूझ्याएर आत्मबल बढाउन तथा सानो ठाँउमा रहेर पनि केहि ठूला र उदाहरणिय काम गर्न सकिन्छ भन्ने उनि देखाउन चाहान्छन् ।

स्थापित पुराना नाम चलेका चर्चित ब्याक्ति हुन् तर उनको बिचार नयाँ रहेको छ । पुराना बिचारहरुलाइ उनले बिस्थापित गर्न सक्छन् । नयाँ बिचार र बिकासको मोडल स्थापित गर्न सक्छन् ।

यसर्थ नै सायद उनको थरको पछाडि नै बिस्थापित हुन पुगेको होला । स्थापित समाजबाट कहिल्यै बिस्थापित त बन्ने छैनन् तर उनले बिकासका पुराना मोडल र संस्कारलाइ बिस्थापित गर्ने भिजन दिनसक्छन् ।

केहि समय उनको कुरा सुनेर मलाइ यस्तो भान भएको थियो दमकमा । उनि बिजय हुन् । उनले दिन खोजेको नयाँ भिजन आफ्नो क्षेत्र हुँदै देशभर फैल्याउन सकुन यहि छ शुभकामना

बिष्णुप्रसाद पोखरेल/rjbpsharma@gmail.com

फेसबूक कमेन्ट्स