झापा, रासस । झापामा उत्साहजनकरुपमा शुरु भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा तीन शीर्ष पार्टीका उम्मेदवारले आफूले आफैँलाई मतदान गर्न पाएनन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेकपा माओवादी केन्द्रका नेता सुरेन्द्रकुमार कार्कीले आफुले आफैँलाई मतदान गर्न नपाएका हुन् ।
एमाले अध्यक्ष ओली र कांग्रेस नेता सिटौलाको झापा गृहजिल्ला हो । तर, नेकपा एमालेका अध्यक्ष ओलीले मतदाता नामावली भक्तपुर–२ मा सारेपछि उनले झापाबाट मत खसाल्न नपाएका हुन् ।
यता भद्रपुर नगरपालिकाको वडा नं १०, निर्वाचन क्षेत्र नं १ मा परेपछि काँग्रेस नेता सिटौलाले आफुले आफैँलाई मतदान गर्न नपाएका हुन् ।
वाम गठबन्धनका तर्फबाट झापा– १ बाट उम्मेदवार बन्नुभएका कार्कीको मतदाता नामावली काठमाडौँ—१ मा भएकाले उनले पनि आफूले आफैँलाई मतदान गर्न पाएनन् ।
एमाले अध्यक्ष ओली झापा—५, कांग्रेस नेता सिटौला झापा—३ र नेकपा माओवादी केन्द्रका नेता कार्की झापा—१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर