दमक/झापाक्षेत्र नं. ५ का नेपाली काँग्रेसका उम्मेदवार डा. खगेन्द्रपाण्डव अधिकारी नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाइ हराउने स्टाइल बिश्वदिप लिङ्देनबाट सिकिरहेकाछन् । उनले सार्वजनिक रुपमा यो कुरा बताएकाहुन् ।

पहिलो संबिधानसभा निर्वाचनमा ओलीलाइ पराजित गरेका लिङ्देन संघिय समाजबादी फोरम नेपालको क्षेत्र नं. ५ को नै उम्मेदवार तोकिएको भोलिपल्ट नै नेपाली काँग्रेसमा प्रवेस गरेका थिए ।

१६ बर्षभन्दा लामो समयसम्म प्राध्यापन पेशामा रहेका अधिकारीले भनेकाछन्–‘लिङ्देन जिलाइ हामीलाइ पाएका छौ, अहिले म उहाँसंग कसरी जित्न सकिन्छ भनेर सिकिरहेको छु ।’ अहिले अधिकारीका चुनावी सारथीको रुपमा उनि खटिएकाहुन् ।

उनले स्थानीय तहमा दमकमा काँग्रेस केहि कमजोर भएको देखेको र त्यो कारण समेत खोजिरहेको पनि जनाएकाछन् । उनले काँग्रेस कहि कमजोर नरहेको भन्दै ओलीलाइ जित्ने दाबी समेत गरिसकेकाछन् ।

उनले नेपाली काँग्रेसलाइ अप्ठेरो परेको र मूलकलाई पनि संकट परेकाले त्यसलाइ निकास दिनका लागि आफू यसरी उम्मेदवार बन्नु परेको खुलाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय