#

औषधि ब्यवसायी संघ झापाको अध्यक्षमा दमकका गौतम गुप्ता बिजयी

    २०७६ भाद्र २७, शुक्रबार २०:३६ मा प्रकासित

दमक/ नेपाल औषधि ब्यवसायी संघ झापाको प्रथम अधिवेसनबाट झापा दमकका पुराना औषधि ब्यवसायी गौतम गुप्ता अध्यक्षमा निर्वाचित भएकाछन् । उनि पहिलो जिल्ला अध्यक्ष बनेकाहुन् ।

 

दमकको सबैभन्दा पुरानो महाविर फार्मेसीका सञ्चालक उनले सुरेन्द्र प्रधानलाइ हराएरु अध्यक्ष बनेकाहुन् ।

 

आज दमकको रोयल पार्टी प्यालेसमा प्रथम अधिवेसन भएको थियो । अधिवेसनको उद्घाटन जिल्ला समन्व समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले गरेका थिए ।

२०५५ सालदेखि दमक उनि औषधिको ब्यवसायमा सक्रिय रहदै आएकाछन् ।

 

उनका पीता देबराज गुप्ताले २०३० सालमा खोलेको जयश्री महाबीर फार्मेसीको निरन्तरता स्वरुप उनले औषधि ब्यबसाय गर्दै आएकाछन् ।

 

२०५९ सालमा पहिलो पटक नेपाल औषधि ब्यबसायी संघ मेची शाखाको कार्यसमिति सदस्य पदमा चुनिएर त्यसपछि लगातार सो संघमा बिभिन्न पदमा कार्य गरेको उनको अनुभव छ ।

 

गुप्ता २०६२ सालमा सोही समितिको उप कोषाध्यक्ष पदमा निर्बाचित भए।

 

त्यसपछि २०६४ सालमा कोषाध्यक्ष, २०७० सालमा महासचिब, २०७३ सालदेखि उपाध्यक्ष पदमा रहेर कार्य गरेको अनुभव छ।

 

संघको केन्द्रिय थोक उप समितिको सदस्य पनि हुन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

Loading…

Loading...

सम्बन्धित शीर्षकहरु