नयाँ दिल्ली । भारतको कोलकातामा एक जादुगरको मृत्यु भएको छ । आइतबार जादु देखाउँने क्रममा उनको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।पश्चिम बङ्गालको कोलकातास्थित हावडा ब्रिज नजिकैको गंगामा छिरेका चञ्चल लाहिरी नाम गरेका ति जादुगर सुरक्षित रूपमा बाहिर आउने अपेक्षा गरिएको थियो। तर उनी पानीभित्रै हराए।

 

 

मानिसहरू उनी पानीमा छिरेको हेर्न जम्मा भएका थिए । तर पछि ती जादुगर बाहिर ननिस्किएपछि उनीहरूले प्रहरीलाई खबर गरे।उनले जादु देखाउनका लागि फलामको चेनले हात खुट्टा बाँधेर नदीमा डुबेका थिए । निकै बेरसम्म पनि जादुगर बाहिर ननस्किएपछि दर्शकहरुले प्रहरीलाई खबर गरेका थिए । उनको शवको खोजी कार्य जारी राखिएको अधिकारीहरुले बताएका छन् |

 

 

छवटा ताला लगाइएको साङ्लोले उनको खुट्टा बाँधिएको थियो। उनलाई एउटा डुङ्गाबाट पानीमा ओरालिएको थियो।नदीमा दुईवटा डुङ्गामा बसेर तथा माथि पुल र नदी किनारमा भेला भएर मानिसहरूले त्यो रमिता हेरेका थिए।

 

 

 

स्थानीयको जानकारी अनुसार उनी क्रेनको मद्धतले नदीमा डुबेका थिए । उनी नदी भित्र बाँधिएको हात खुट्टा खोलेर पानी बाहिर निस्किएको देखाउन चाहन्थे । तर त्यस्तो हुन सकेन ।

 

 

प्रहरीका अनुसार जादुगर चञ्चलले यसअघि पनि यस्तो जादु दुईपटक देखाइसकेका थिए । सनु २०१३ मा पनि जादु देखाउने बेला उनी बालबाल बचेका थिए । उनले गंगामा जादु देखाउनका लागि प्रहरी प्रशासनसँग अनुमती लिएका थिए । बीस वर्षअघि एउटा सिसाको बाकसमा राखेर उनलाई पानीभित्र छोडिएको थियो। त्यतिबेला उनी सकुशल बाहिर आएका थिए।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah