यस्तो छ केकी अधिकारीको भावुक स्टाटस

ऊनी रोईन्।

मैले जे भोगेकी छु। जे सहेकी छु। मलाई मात्र थाहा छ। यति भन्दै उनी रोईन्। उनी किन रोईन्?

उनी रोईन् किनकी वहाँलाई उनीले अरुसँग बोलेकै मनपर्दैन रे। उनी रोईन् किनकी आज एकैछिन् अरुसँग बोलेको वहाँले देखि त हाल्नुभो। उनी रोईन् किनकी वहाँ साथ दिने साथी होईन, कमजोरी केलाउने काजी होइबक्सदोरहेछ , दण्ड दिने हुकुम होइबक्सदोरहेछ। उनी रोईन् किनकी बिदेशी विश्वविद्यालयमा पढेर आएका वहाँका साथीहरु बीच उनको बौध्दिक स्तर नपुग्दो रहेछ। उनको नपुगेको बौध्दिक स्तर माथि वहाँले बारम्बार व्यंग्य गर्नुहुँदो रहेछ। उनी रोईन् किनकि उनी मोफसलमा जन्मिएकि हुन्। शहरको ढंग उनले जानिन छिन्। समयमै सिक्न सकिनछिन्। सिक्दा सिक्दै त्रुटिहरु गरिछिन्। उनी रोईन् किनकी तरकारीमा आज नून कम भएछ। उनी रोईन् किनकि उनीसँग भान्सा कोठा छ। मुख धुन पानी छ। आँसु पुछ्न टालो छ।

उनी रोईन् किनकी आफ्नो देवर, आफ्नो नन्द, आफ्नो आमाजुहरुसँग उनको बोली गुलियो भएन छ। सासुससुरालाई ढोग्न बिर्सिएछिन्। उनी रोईन् किनकी उनी दाईजो कम ल्याउने बुहारी परिछिन्। उनी रोईन् किनकी उनी असल आमा हुनसकिनछिन् । उनी रोईन् किनकी उनी असल ठूली आमा हुन्। सानीमा हुन्। आमा होईनन्। बाँझी हुन्। उनी रोईन् किनकी अलग्गै भविष्य उनको पनि हुनसक्थ्यो। उनी रोईन् किनकी उनीसँग पनि शैक्षिक योग्यताका प्रमाणपत्रहरु छन्। गाउन सक्ने गला छ। नाच्न सक्ने कम्मर छ। उनी रोईन् किनकी पलंगमा एउटा छेउ छ। सुँक्क आवाजलाई दबाउन सक्ने सिरानी छ। आफ्नै श्रीमानबाट बलात्कृत भएको अनुभव छ।

उनी रोईन् आफ्नो प्रेमलाई सम्झिएर। उनी जस्तै कसैको सौभाग्य सम्झिएर। आफ्नो दूर्भाग्य सम्झिएर। गरिब आमाबुवाको सामाजिक प्रतिष्ठा सम्झिएर। उनी रोईन् किनकी आज उनको नानीलाई सानो चोट लाग्यो। त्यहि चोटको बहानामा उनलाई ठूलो चोट लाग्यो। उनी रोईन् किनकी उनलाई थप्पड थाहा छ। लात थाहा छ। मुक्का थाहा छ। काट्दा नदुख्ने, लुछ्दा दुख्ने कपाल थाहा छ। उनी रोईन् किनकी उनी भीडमा पनि एक्लै छिन्। उनी रोईन् किनकी उनी सँग सडकमा मागेर खानुपर्ने दिन आउला भन्ने धम्कीले जरा गाडेको मन पनि त छ। उनी रोईन् किनकी सहनशिलताको बाँध भत्किएको छैन। आँसु अझै बाँकी छ।

उनी रोईन् किनकी उनले आज न्याय माग्ने हिम्मत गरिन्। उनी रोईन् किनकी न्याय माग्दा, व्यथा बुझ्ने न्यायमूर्ति पाईनन्। उनी रोईन् किनकि थप्पड हान्नु नै अपराध हो तिमीले न्याय पाँउछौ भनेको सुनिनन्। ऊनी रोईन् किनकी उनलाई उल्टै सोधियो के त्यो थप्पडले कानको जाली फुटेकै हो त?

उनी रोईन् किनकी उनीले जे भोगेकि छिन्। जे सहेकी छिन्। उनीलाई मात्र थाहा छ।

(तपाँई हामी बीच भएका सबै ‘उनी’ हरुलाई घरेलू हिंसा बिरुध्द बोल्ने साहस मिलोस्। साहसी सबैलाई न्याय मिलोस्।)

केकी अधिकारी
१३.०७.२०१९

साझाफुलबारी डट स्पेस बाट साभार 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah