एजेन्सी , मकै बारीमा अवतरण गरी २३३ यात्रुलाई जोगाएका हवाईजहाजका पाइलटलाई रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार सम्मानित गरेका छन्। बिहीबार चराको बगालसँग ठोक्किएर दुवै इन्जिन खराब हुँदा मकैबारीमा अकस्मात अवतरण गरी २३३ यात्रुलाई जोगाएका पाइलटलाई रुसको सबभन्दा ठूलो अवार्ड ‘हिरो अफ रसिया’ बाट सम्मानित भएका हुन्।


४१ वर्षका पाइलट दामिर युसुपोफले आफू नडराएको भएरमात्रै अकस्मात अवतरण सम्भव भएको बताएका छन्।
प्लेन उडिसकेपछि एक इन्जिन बिग्रने बित्तिकै विमानस्थललाई घुमेर त्यहाँ अवतरण गर्ने उनले विचार गरेका थिए। तर दुवै इन्जिन बिग्रिएपछि उनीसँग कुनै विकल्प नभएको बताए।

युरल एयराइनस्को ए ३२१को विमानमा २३३ जना सवारमध्ये एक यात्रीलाई मात्रै अस्पताल लगिएको थियो।
राष्ट्रपति पुटिनले युसुपोफसँगै कोपाइलट २३ वर्षका जोर्जी मुर्जिनलाई पनि ‘हिरो अफ रसिया’को मेडल प्रदान गरेका थिए।
अरु चालक दलका सदस्यलाई पनि रुसका शिर्ष पुरस्कारबाट सम्मानित गरिएको थियो। त्यस अवतरणपछि ७४ जनाले स्वास्थ्य जाँचको माग गरेका थिए। त्यसमध्ये २३ जनालाई अस्पताल लगिएको थियो र एक जना बाहेक अरु सबैलाई डिस्चार्ज गरिएको थियो।
अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्डका पूर्वसदस्य जोन गोगलियाका अनुसार चरा र इन्जिन ठोक्किने समस्याको समाधान बाटो वर्षौंदेखि खोजिए हालसम्म भेटिएको छैन।
मकैबारीमा ठूलो ढुंगा र रुख नभएको हुँदा अवतरणका लागि उत्कृष्ट ठाउँ रहेको गोगलियाले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah