बलिउड अभिनेत्री प्रियंका चोपडाले सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गरेको एउटा तस्वीरलाई लिएर उनका समर्थकले सवाल उठाएका छन् ।

अभिनेत्री प्रियंकाले कार चलाउँदै गरेको तस्वीर इन्स्टाग्राममा सार्वजनिक गरेकी छन्, जसलाई लिएर समर्थकले चिन्ता व्यक्त गरेका छन् ।
प्रियंका सामाजिक सञ्जालमा सक्रिय छिन् र उनले समर्थकलाई निरन्तर आफ्ना गतिविधिबारे जानकारी गराउने गर्छिन् । यसैक्रममा उनले कार चलाइरहेको फोटो सार्वजनिक गरेकी हुन् ।
View this post on Instagram
Drivers ed.. #thewhitetiger #stickshiftlife 🤦🏽♀️😏🎥 it’s on.. 📸 @chanchal_dsouza
प्रियंका लामो समयसम्म अमेरिकामा टीबी र फिल्म क्षेत्रको अनुभव बटुलेपछि भारत आएकी हुन् । ३ वर्षपछि फिल्म ‘द स्काई इज पिंक’ फिल्ममार्फत् भारतीय बक्स अफिसमा उनको फिर्ती फ्लप भएको छ । उनी हाल नेटफ्लिक्सको एक फिल्मका लागि काम गरिरहेकी छन् ।
भारतको राजधानी नयाँदिल्लीमा फिल्म छायांकनपछि प्रियंका हाल मुम्बईमा छिन् र उनले शेयर गरेको तस्वीरमा उनी कार चलाइरहेकी देखिन्छिन् । यहीँ तस्वीरलाई लिएर उनका समर्थकले सवाल उठाएका छन् ।
समर्थकले उनले गाडी चलाउँदा बसेको सिटलाई लिएर प्रश्न उठाएका छन् । उनी गाडीको दायाँतिर बसेर गाडी चलाइरहेकी छन् ।
प्रियंका धेरै समय अमेरिकामा समेत गाडी चलाएर भारत फर्केकी हुन् । अमेरिकामा चालक बस्ने सिट भारतभन्दा उल्टो दिशातिर हुन्छ । अमेरिकामा हुँदा उल्टो दिशाबाट गाडी चलाउने बानी परेकी प्रियंकालाई भारतमा दायाँबाट गाडी चलाउन गाह्रो हुनसक्ने भन्दै समर्थकले चिन्ता जनाएका हुन् ।
प्रियंकाका समर्थक र शुभेच्छुकले उनलाई केही समय गाडी नचलाउन सुझाव समेत दिएका छन् ।



