बलिउड नायिका निम्मीको ८८ वर्षको उमेरमा निधन भएको छ । बुधबार बेलुकी उनको मुम्बई स्थिती आफ्नै निवासमा मृत्यु भएको हो । रिपोर्टलाई विश्वास गर्ने हो भने निम्मी लामो समयदेखि बिरामी थिइन् । नायिकाको निधनमा बलिउडका थुप्रै सेलिब्रिटीले शोक जताएका छन् । ऋषि कपुरले उनलाई याद गर्दै लेखेका छन्, ‘भगवानले आत्मालाई शान्ति दिउन् । धन्यवाद निम्मी आन्टी ‘बबी’ को प्रिमियरमा शुभकामना र प्रेम दिनुभएकोमा । तपाईं आरके (राज कपुर) परिवारको हिस्साको रुपमा रहनुभयो । ‘बरसात’ तपाईंको पहिलो फिल्म थियो । ’

यसै गरी महेश भट्टले लेखेका छन्, ‘तपाईं आफ्नो इच्छामार्फत् आफ्नो मनलाई जित्न सक्नुहुन्छ तर अन्त्यमा मृत्युले धोका दिनेगर्छ । अलविदा निम्मी । पुरानो जमानाकी नायिका निम्मीको ८८ वर्षको उमेरमा निधन भयो ।’

दिव्या दत्ताले निम्मीलाई श्रद्धाञ्जली दिँदै लेखिन्, ‘तपाईंको आत्माले शान्ति पाओस् निम्मी जी । तपाईंले आफ्नो मुस्कान र जादुले भरिएको अभिनयमार्फत् पर्दामा आगो लगाउनुहुन्थ्यो । ‘अमर, उडन खटोला, आन’ तपाईंका केही अविष्मरणीय फिल्म हुन् ।’

जावेद जाफरीले निम्मीसँगको आफ्नो पुरानो फोटो सेयर गर्दै लेखेका छन्, ‘केही वर्ष अघि मैले चार क्लासिक बलिउड ब्यूटिजसँग फ्रेम साझा गर्ने मौका पाएको थिएँ । बायाँबाट अर्जा, निम्मी, कुमकुम, अमिता । निम्मी आन्टीको निधनमा यसको याद आइरहेको छ ।’

५०–६० को दशककी चर्चित नायिकाः

निम्मी ५० र ६० को दशकमा बलिउकी चर्चित अभिनेत्रीमध्ये एक थिइन् । राज कपुरले उनलाई आफ्नो फिल्म बरसात (१९४९) बाट ब्रेक दिएका थिए । उनले नै उनको नाम नवाब बानोबाट परिवर्तन गरेर निम्मी राखेका थिए । उनले बरसातबाहेक आन, कुन्दन, मेरे महबूब र पूजाके फूलजस्ता फिल्ममा काम गरेकी थिइन् । सन् २००७ मा उनका लेखक श्रीमान् रजाको निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah