कोभिड-१९ का कारण फिटनेस क्लब बन्द छन्। मर्निङ्वाक जान अनि बाहिर गएर व्यायाम गर्न मिल्ने अवस्था छैन।
राजधानी काठमाडौं पनि भदौ ३ गतेदेखि निषेधाज्ञामा छ। त्यसअघि लकडाउनमा रह्यो। घरभित्रै रहँदा तुलनात्मक रुपमा बढी खाइने तर शारीरिक व्यायाम नगर्ने हो भने झन मोटो हुने डर रहन्छ।
तपाईँ फिटनेस हुनु भयो भने मधुमेह लगायतको खतराबाट मुक्त हुन्छ। त्यो बाहेक मुटुरोग, क्यान्सर, श्वासप्रश्वास जस्ता बिरामीबाट बचाउन सक्छ।
फिट्नेसका लागि वर्कआउट गर्न पनि प्रेरणा चाहिन्छ। प्रेरणा कसरी लिने?
निरन्तरता दिनुस्: हाम्रो शरीर स्थिर रहन्छ। त्यसका लागि निरन्तरता बनाउन जरुरी छ। निरन्तरता बनाए राख्न लक्ष्य लिन जरुरी छ।
आफैलाई प्रेरित गर्नुस् : फिल्म, निन्द्रा आदि कारणले तपाईँको वर्कआउट जर्नीलाई बाधा तुल्याउन सक्छ। हरेक दिन वर्कआउट गर्नुस्। हरेक दिन लक्ष्य निर्धारण गर्नुस्। त्यसका लागि कडा मिहिनेत गर्नुस्
धैर्य रहनुस्: तपाईँ जस्तो शरीर चाहनुहुन्छ। त्यो प्राप्त गर्न अधिक समय लगाउनुस्। यसका लागि फिट्नेसका लक्ष्य प्राप्त गर्न धैर्य र कडा मिहिनेत आवश्यकता पर्छ।
सीमाको आकलन गर्नुस् :स्वास्थ्य बारेमा जागरूक रहनुस्। आफ्नो सीमा र कमजोरीलाई सम्झनुस्। हरेक दिन व्यायामको समय बढाउदै लैजानुस्। र, नयाँनयाँ चुनौतीको सामना गर्नुस्।
वास्तविक लक्ष्य निर्धारित गर्नुस्: लक्ष्य निर्धारण गर्दा इमानदार हुन आवश्यक छ। वर्कआउटका लागि पूरै समय दिन पाउनुहुन्छ? कुनै मुश्किल या कठिन लक्ष्य निर्धारण गरिसकेपछि हासिल नहुँदा निराशा बढाउँछ। त्यसैले पहिले सुनिश्चित गरेर मात्र लक्ष्य निर्धारण गर्नुस्।



