काठमाडौं- आज (मंगलबार) पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार प्रतितोला ९६ हजार ९ कारोबार भएको छापावाला सुन आज तोलामा ६ सयले बढेर ९७ हजार ५ सय कायम भएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार निर्धारण गरिएको छ । महासंघका अनुसार चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला २० रुपैयाँले बढेर आज प्रतितोला एक हजार ३ सय ४० रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आइतबार प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन सोमबार तोलामा ४ सयले बढेर ९६ हजार ९ सयमा कारोबार भएको थियो ।



