काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) छापावाला सुनको मुल्य १ हजार ३०० रुपैंयाले बढेर तोलामा ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो (मंगलबार) सुनको मूल्य तोलामा ९० हजार ७०० रुपैयाँ रहेको थियो । यस्तैँ आज तेजाबी सुनको मूल्य ९१ हजार ५०० रुपैयाँ कायम भएको छ ।
त्यस्तैँ, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार ३१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो (मंगलबार) चाँदीको मूल्य तोलामा एक हजार ३०० रुपैयाँ रहेको थियो ।



