पाकिस्तानको एबटाबाद शहरमा एकसाथ जन्मिएका सात बच्चामध्ये ६ को मृत्यु भएको छ । अर्को एउटा बच्चा भेन्टिलेटरमा छन् । अघिल्लो हप्ता एबटाबादको जिन्ना इन्टरनेशनल अस्पतालमा एक महिलाले सात बच्चालाई जन्म दिएकी थिइन् । यीमध्ये पाँच बच्चाको यसै अस्पतालमा र एक बच्चाको अयूब टिचिङ अस्पतालको चिल्ड्रन्स नर्सरीमा मृत्यु भएको थियो ।

बच्चाका पिता कारी यार मोहम्मदले एउटा बच्चाको जन्मिएको २४ घण्टा पछि नै मृत्यु भएको र केही घण्टा पछि दोस्रो बच्चाको पनि मृत्यु भएको बताए । त्यसै रात तीन थप बच्चाको पनि मृत्यु भयो ।यार मोहम्मद बटग्राम जिल्लाका बासिन्दा हुन् । उनकी श्रीमतीले जिन्ना अन्तरराष्ट्रिय टिचिङ अस्पतालमा सात बच्चालाई जन्माएकी थिइन् । उनका पहिले नै दुई छोरी छन् । सात बच्चा जन्मिँदा उनीहरु असाध्यै खुसी थिए ।

यार मोहम्मदले भने, ‘दुईजना बच्चा मात्रै बाँचेका छन् भनेर हामीलाई थाहा भएपछि इस्लामाबाद जाने तयारी गर्न थाले । तर, बच्चालाई एबटाबादमा अयूब टिचिङ अस्पताल पठाइँदै छ भनियो । त्यहाँ पनि एउटा बच्चा बाँच्न सकेन र दोस्रो भेन्टिलेटरमा छन् । यो बच्चा जन्मिएदेखि नै भेन्टिलेटरमा छन् ।’ उनले थपे, ‘हामीले बच्चाकी आमालाई दुईजना बच्चाको मात्रै मृत्यु भएको बताएका छौं । उसलाई सबैकुरा थाहा छैन ।’

अन्तरराष्ट्रिय अस्पताल र अयूब टिचिङ अस्पतालले बच्चाको मृत्युको पुष्टि गरेको छ । अयूब टिचिङ अस्पतालले बीबीसीसँगको कुराकानीमा समय अगावै बच्चाहरु जन्मिएका कारण उनीहरुको मृत्यु भएको बताएको छ । ती बच्चाका तौल पनि असाध्यै कम भएको अस्पतालले जानकारी दिएको छ ।

अस्पतालमा नर्सरी वार्डका विशेषज्ञ डाक्टर इकरामले भने, ‘प्राकृतिक रुपमा यदि गर्भमा एक वा दुई बच्चा छन् भने उनीहरुले पूरा पोषण पाउँछन् तर योभन्दा बढी बच्चा भएको खण्डमा पूरा पोषण पाउन गाह्रो हुन्छ । यस्तोमा उनीहरुका लागि खतरा बढ्ने गर्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah