धनगढी।
धनगढीमा एक पूर्व प्रहरी र उनका छोरामाथि बीच बजारमै हमला भएको छ। सोमबार साँझ सात बजेतिर धनगढी उपमहानगरपालिका १ स्थित कैलालीपुल नजिक उनीहरुमाथि कुटपिट भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पूर्व प्रहरी नायब निरीक्षकसमेत रहेका ५५ वर्षीय तोपेन्द्र बहादुर सिजाली र उनका २८ वर्षीय छोरा जितेन्द्र बहादुर सिजालीमाथि कुटपिट भएको हो।

धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का ३२ वर्षीय दिपक खड्का र डोटी केआइसिंह गाउँपालिका वडा नम्बर ६ घर भएर धनगढी बस्दै आएका २८ वर्षीय गणेश खड्काले उनीहरुमाथि कुटपिट गरेको बताइएको छ।

कुटपिटमा परेर तोपेन्द्रको टाउकोमा र जितेन्द्रको भित्री शरीरमा चोट लागेको प्रहरीले बताएको छ। अहिले उनीहरुको धनगढीस्थित सेती अस्पतालमा उपचार भैरहेको र अवस्था सामान्य रहेको जनाइएको छ।

यता, कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले दिपक खड्का र गणेश खड्कालाई पक्राउ गरेको जानकारी दिएको छ। उनीहरुलाई समातेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

झगडा हेर्नेहरु बेहोस

यस्तै प्रहरीले झगडा भईरहेको देखेपछि २ महिला बेहोस भएको जनाएको छ। झगडाका क्रममा रगत दखेपछि बेहोस भएका उनीहरुलाई उपचारका लागि नवजीवन अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले बताए। भलगडा देखेर धनगढी उपमहानगरपालिका ३ विशालनगर बस्ने बर्ष २० कि सुर्जा श्रीमाल र वर्ष २० कि पुजा श्रीमाल बेहोस भएको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah