भोजपुर: ‘भान्साको ग्यास लिक भो भन्दै थिएँ, एकैछिनमा दन्केको आगोले आङमा लगाएको यी एक सरो लुगाबाहेक सबै सम्पत्ति डढेर गयो,’ यति भनिसक्न नपाउँदै ३० वर्षीया कमला दाहाल डाको छोडेर रुन थालिन् । ‘आगोको ज्वाला फैलिन थालेपछि मेरा दिदी–भेना, भान्जा–भान्जी कहाा चिल्लीविल्ली भए, म कसरी बााचे थाहा छैन,’ यतिभन्दा उनको गला बसिकेको थियो । धुलाम्मे र धुवाँ गन्हाउने हाइनेक र सुरुवाल लगाएकी दाहालले आइतबार बेलुकाको थप घटना सम्झन सकिनन् । सोमबार बिहान हेर्दा गरगहना, लत्ताकपडा र मिठाईपसल खरानी भएको देखिन् । परिवारका ९ जना सदस्य धन्न सकुशल नै भेला भए ।तिम्मा–४ घर भएकी कल्पना सदरमुकाममा विकास स्वीट हाउस खोलेर जीविका धान्दै आएकी थिइन् । कोठा भाडामा लिएर ऋणपान गरेर चलाएको लाखौंको होटल जलेर क्षणभरमा खरानी भयो ।एक्कासी फैलिएको आगोले साईबाबा ज्वेलर्सको नामोनिसाना रहेन । ज्वेलर्स सञ्चालक ४६ वर्षीय लालबहादुर विकको लाखौंको सुनचाँदी र धनमाल हेर्दाहेर्दै आगोको लप्कासँगै खरानी बन्यो । ‘बाँकी केही छैन, यति एकसरो लुगा मात्र हो,’ विश्वकर्माका पनि आँखा रसाएर आए । छेवैका थिरकुमार पोर्तेलको घरबाट दन्केको आगोले सदरमुकामको भोटेपसललाइनका छिमेकी घर तहसनहस भएका थिए ।
बेलुकी ४:४५ बजे पोर्तेलको घरमा बिजुली सर्ट भएर भान्सामा खाना पकाउँदै गरेको ग्यासमा सल्किन पुग्दा आगो फैलिएको थियो । घरमा आगो लागेको बेला पोर्तेल बजारमा निस्किएका थिए । तुरुन्त घर पुग्दा पत्नि, छोरा र दुईजना कामदार अत्तालिएर चारभञ्ज्याङ्ग चोकमा पुगेका थिए । त्यतिन्जेलसम्ममा उनको लाखौंको मिलन ज्वेलर्स खरानी भइसकेको थियो ।

‘होसहवासै उडेको छ, सपना होकी विपना हो, थाहापत्तो छैन,’ उनले भने ।
अर्की होटलव्यवसायी ४० वर्षकी मञ्जु राणाका आाखाको आँशु रित्तिसकेका छन् । बिहानी भेट्दा ओड्नेको सप्को निथु्रक्क भिजेको थियो । २० मिटर तल बसेर खरानी बनेको होटल हेरिरहँदा रिगंटा छुटेर उनी घरिघरी अवाक हुन्थिइन् । ४२ वर्षीया अञ्जना आचार्य र उनको पति मोहन आचार्य जलेको घरभित्रका भाडाकुँडाका टुक्रा भेला पार्दै थिए । दुईछोराछोरी छेउमा उभिएर एकोहोरीएर हेर्दै थिए । इलेक्ट्रोनिक पसलका व्यापारिक सामान, धनमाल, घर गरी २२ लाख बराबरको सम्पति डढेर खरानी भएको थियो उनको ।
आइतबार बेलुकीको भीषण आगलागीले सदरमुकामका १० घर जलेर पूर्ण रुपमा ध्वस्त भएका थिए । २ घरमा आंशिक क्षति पुगेको प्रहरी निरिक्षक राधाप्रसाद पराजुलीले बताए । मानवीय क्षति नभएपनि जिउमा भएको एकसरो लुगाबाहेक बाँकी बचाउन सकेका थिएनन् । उनीहरु राति आफन्त, छिमेकीको शरणमा पुगेका थिए । उनीहरु झिसमिसे उज्यालोदेखी जलेर खरानी घर हेर्दै आँखाभरी आँशु लिएर बसेका छन् ।

यसैबीच जिल्ला दैवीप्रकोप उद्धार समिति भोजपुरले सदरमुकाममा आगलागीबाट पीडित भएकाहरुलाई तत्काल राहत र अस्थायी बासको व्यवस्थापना गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माको अध्यक्षतामा बिहानै बसेको जिल्ला दैवीप्रकोप उद्धार समितिको आपतकालिन बैठकले उक्त निर्णय गरेको हो ।

पीडितहरुलाई सदरमुकामस्थितको बनेश्वर गुठीको जग्गामा सामुहीक अस्थायी आवास निमार्ण गरी व्यवस्थापन गर्ने भएको छ । पीडितहरुलाई थप सहयोगका लागि विभिन्न सहयोगी निकायहरुलाई आव्हान गरिएको र सहयोग संकलन समेत गर्ने भएको प्रजिअ शर्माले बताए ।

क्षतिको विवरण आइनसकेको र अनुमानित २० करोड बराबरको क्षति भएको हुनसक्ने प्रहरी निरिक्षक पराजुलीले बताए । आगलागीबाट गणेश श्रेष्ठ, विश्व प्रधान, फविन्द्र प्रधान, थीरकुमार पोर्तेल, अर्विन विक, डिकी शेर्पा, लालबहादुर विक, दिनेश गजमेर र मिलन विश्वकर्मा लगायतको घर पूर्ण रुपमा ध्वस्त भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah