पहिलो चरणमा मंसिर १० गते सम्पन्न प्रदेश र प्रतिनिधि सभाको चुनावमा आफूहरुले चाहेजस्तै भोट खसेको निश्कर्षपछि वाम गठबन्धनका नेताहरु दोस्रो चरणको चुनावमा गठबन्धन अनुरुप भोट निखार्ने रणनीतिसाथ परिचालित हुने भएका छन् ।

पहिलो चरणमा चुनाव भएका ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्र मध्ये एकाध छोडेर सवैमा जित निश्चित भएको प्रारम्भिक रिपोर्ट उनीहरुले पार्टी संयन्त्रबाट लिएका हुन् । दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लामा गठबन्धन अनुरुपको भोट मतदाताबाट ल्याउने रणनीति बनाएर उनीहरु सक्रिय भएका हुन् ।

चुनाव हुन बाँकी रहेका क्षेत्रमा साना पार्टीबाट उम्मेदवार बनेका र स्वतन्त्र उम्मेदवार सहितले वाम गठबन्धनलाई समर्थन जनाउन थालेबाट पहिलो चरणको निर्वाचन गठबन्धनका पक्षमा रहेको अनुमान गरिएको थियो । १० गते पहिलो चरणको चुनाव सकिनासाथ मंसिर ११ गते काठमाडौं २ मा राप्रपाले वाम गठबन्धनका उम्मेदवार माधवकुमार नेपाललाई सहयोग गर्ने निर्णय गर्यो । यस्तै मकवानपुरमा नयाँ शक्ति पार्टीको उम्मेदवार बनेका प्रल्हाद लामिछानेले पार्टी छोडेर एमालेलाई सहयोग गर्ने निर्णय गरे । पहिलो चरणको मतदानको सम्भावित नतिजालाई मध्यनजर गरेरै अन्य क्षेत्रका साना दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरुले आफ्नो उम्मेदवारी निश्क्रिय बनाई वाम गठबन्धनलाई सघाउने घोषणा गरेका हुन् ।

एमाले र माओवादी नेताहरुले भने गठबन्धन भएका क्षेत्रमा स्थानीय तहको निर्वाचनमा पार्टीले पाएको सवै मत निखारेरै गठबन्धनका पक्षमा ल्याउने रणनीति बनाएका छन् । पहिलो चरणको चुनावमा उम्मेदवार बनेका नेताहरु चुनाव हुन बाँकी निर्वाचन क्षेत्रको कार्यक्रममा सामेल हुने भएका छन् ।

पहिलो चरणमा प्रदेशसभाका लागि लम्जुङबाट उम्मेदवार रहेका एमाले सचिव पृथ्वी सुब्बा गुरुङ कास्की, ताप्लेजुङबाट उम्मेदवार बनेका सुचिव योगेश भट्टराई मोरङ र सुनसरी, गोरखा २ बाट उम्मेदवार रहेका माओवादी नेता नारायणकाजी श्रेष्ठ पाल्पा, मोरङ, धनुषा, महोत्तरीका चुनावी कार्यक्रममा सामेल हुने भएका छन् । यस्तै माओवादी नेता जनार्दन शर्मा काठमाडौ, अग्नी सापकोटा चितवन, शक्ति बस्नेत गुल्मी, अर्घाखाँची, रुपन्देही, वर्षमान पुन ललितपुर, दाङ, शेरबहादुर तामाङ र पशुपति चौंलागाई काठमाडौंको चुनावी अभियानमा सामेल हुने भएका छन् ।

पहिलो चरणको निर्वाचनबाट एकाध सिट छोडेर सबैमा जित हासिल गरेको वाम गठबन्धनको आकलन छ । वाम नेताहरु एमाले र माओवादीले स्थानीय चुनावमा पाएको सवै भोट गठबन्धनका पक्षमा निखारेरै पार्न सक्रिय हुन लागेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah