काठमाडौं । नेपाल सुन्दरी श्रृङ्खला खतिवडा विश्व सुन्दरी २०१८ को सम्भाव्यता अध्ययनको एक नम्बरमा परेकी छन् ।
अहिले विश्व सुन्दरी प्रतियोगिताका विभिन्न चरणका ट्यालेन्ट शोहरू चलिरहेका बेला अन्तर्राष्ट्रिय सम्भाव्यता अध्ययनकर्ताले श्रृङ्खला नयाँ विश्व सुन्दरी हुनसक्ने जनाएका छन् ।
श्रृङ्खलाले यो उपाधी हात पारे नेपालले पहिलो पटक विश्व सुन्दरीको ताज पहिरिन पाउने छ ।
राजनीतिक पृष्ठभुमीको घरानाबाट सुन्दरी प्रतियोगितामा भाग लिएकी उनले नेपाल सुन्दरी जित्दा विभिन्न कोणबाट टिकाटिप्पणी भएको थियो ।
सन् १९९६ मा जन्मिएकी उनलाई युनिभर्स नामको सम्भाव्यता अध्येताले एक नम्बरमा राखेको हो । उसले विश्व सुन्दरीका सम्भाव्य ५ जनाको नाम घोषणा गरेको छ । विश्व सुन्दरीको ताज भने नेपालकी श्रृङ्खलाले नै पाउनसक्ने उसको अध्ययन छ ।
मकवानपुरका नेपाल कम्युनिस्ट पार्टीका नेता तथा सांसद विरोध खतिवडा र मुनु सिग्देलकी छोरी श्रृङ्खला पुल्चोक कलेजमा पढेकी हुन् । उनले विभिन्न गैर सरकारी संस्थामा काम गर्दैगर्दा नेपाल सुन्दरी प्रतियोगीतामा सहभागीता जनाएकी थिइन् ।
यसबाहेक अन्य अन्तर्राष्ट्रिय अध्ययन स्रोतहरूले पनि श्रृङ्खलालाई विश्व सुन्दरीको अन्तिम तीनसम्म पुग्नुपर्ने सहभागी भनेका छन् । अहिले उनी त्यसैको तयारीका विभिन्न चरण पार गरिरहेकी छन्, लन्डनमा ।
विश्व सुन्दरी चीनमा हुनेछ । अर्को संस्था गो पिजन्टले श्रृङ्खलालाई ४ नम्बरमा राखेको छ । उत्कृष्ट २० मध्ये उनलाई चौथो नम्बरमा राखेको उक्त सम्भाव्यता अध्ययन गरेको संस्थाले १ सय २२ जना प्रतियोगीमा नेपाली श्रृङ्खला सामाजिक काममा सक्रिय रहेको उल्लेख गरेको छ ।
https://youtu.be/y_oxBLGDD28



