काठमाडौं : ‘हुँदैन रेलिमाई चट्ट बिर्सन’ चलचित्र देउताको यो सुपरहिट गीत आज पनि जनजिब्रोमा झुन्डिएको छ। यही गीत चलचित्र वीर विक्रम–२ मा रिमेक गरेर राखिएको छ। चलचित्रका निर्देशक मिलन चाम्स भन्छन्, ‘यो गीतको रिमेक गर्नुको कारण कालजयी गीतलाई जीवन्त बनाउने एउटा सानो प्रयास मात्र हो।’

भारती घिमिरे र इन्द्रजित मिजारको स्वर रहेको यो गीत आजभन्दा २५ वर्ष अगाडि रेकर्ड गरिएको हो। अहिले यसको रिमेक भर्जनमा ताराप्रकाश लिम्बू र मेलिना राईले स्वर दिएका छन्। गीतमा रञ्जित गजमेरको संगीत छ। फिल्मको गीत सार्वजनिक गर्दै निर्देशक चाम्सले गीतको भावलाई मर्न नदिन हरसम्भव प्रयास गरेको बताए। ‘ओरिजनल भर्जनभन्दा फरक देखाउन गीतको छायांकन जोमसोममा गरिएको छ।’

रिमेक भर्जनमा नायक पल शाह, नाजिर हुसेन र नायिका वर्षा शिवाकोटीलाई काष्ट गरिएको छ। जोमसोमका रमणीय दृश्यहरू गीतमा छन्। लोकेसनका साथै कोरस डान्सर र कलाकारले लगाउने कस्ट्युम आकर्षक छ। गीतका कोरियोग्राफर कविराज गहतराज भन्छन्, ‘मैले सोचेजस्तै लोकेसन र कस्ट्युम पाउँदा गीत राम्रो बनाउन सकेँ।’ भन्छन्, ‘यति हिट गीतमा काम गर्न गाह्रो भयो तर राम्रो बनाउने भरपुर कोसिस भएको छ।’ गीतको रिमेक भर्जन बनाउन २३ लाख खर्च भएको निर्माण पक्षले जानकारी दिएको छ।

गायक तारा लिम्बूले सानोमा धेरै पटक सुनेको र गाउँदै हिँडेको गीतमा स्वर दिन पाउँदा खुसी लागेको बताए। ‘यो कालजयी गीत हो। नयाँ भर्जनले पनि सबैको मन छुने आस गरेको छु’, उनले भने। चलचित्रका नायक पल शाहले गीतलाई राम्रो बनाउन सबैले मेहनत गरेको बताए। ‘पहिलेको भन्दा अझै राम्रो होस् भन्ने कामना गर्छु’, उनले भने। नायिका वर्षा शिवाकोटीले भने चर्चित गीतमा काम गर्न पाउनु भाग्यको कुरा भएको बताइन्।

चाम्स इन्टरटेनमेन्ट र लन्डन सिने आईको ब्यानरमा निर्माण भएको हो। मसलेदार चलचित्र वीरविक्रम टुका सहनिर्माता अर्पण सापकोटा हुन्। चलचित्रमा पल, नाजिर र वर्षाका साथै देशभक्त खनाल, मनोज केसी, विनिशा भण्डारी, बुद्धि तामाङ, क्षितिज सुवेदी, बालकलाकार मनीष लिम्बू, कृजन गौतमलगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah