मुम्बइ। बलिउड अभिनेत्री प्रियंका चोपडा अहिले पति निक जोनससँग क्यारेबियन आइल्याण्डमा हनिमुन मनाइरहेकी छिन् । शुक्रबार प्रियंकाले इन्स्टाग्राममा एउटा भिडियो शेयर गरेकी छिन् जुन भिडियो निकले खिचेका हुन् । निकले खिचेको यो भिडियोमा प्रियंका बिकिनीमा समुद्र किनारमा पिङ खेलिरहेकी छिन् । यो भिडियो इन्स्टाग्राममा निकै लोकप्रिय भइरहेको छ ।
प्रियंका निकले जोधपुरको उम्मेद भवनमा विवाह गरेका हुन् । उनीहरुले डिसेम्बरको सुरुवातमा हिन्दू र क्रिस्चियन दुवै विधिअनुसार विवाह गरेका थिए । त्यसपछि उनीहरुले मुम्बइ र दिल्लीमा रिसेप्सन दिएका थिए । उनीहरुले अब लस एन्जल्समा पनि रिसेप्सन दिँदैछन् । हेर्नुहोस् हनिमुनको भिडियो –



