विजय थापा । नेपाल आइडल रवि ओडसहित तीन प्रतिस्पर्धी अमेरिका जाने भएका छन् । रबि सहित, फस्र्ट रनरअप बिक्रम बराल तथा द्वितीय बिजेता सुमित पाठक अमेरिका जाने भएका हुन् । तीनै जना आगामी अप्रिल-मे महिनामा कार्यक्रमको लागि जाने छन् ।

आयोजक केटिएम इन्टरटेन्टमेन्टका अनुसारले अमेरिकाका विभिन्न राज्यहरुका शहरमा कार्यक्रम प्रस्तुत गर्ने छन् । कार्यकमको सुरुवात बोस्टन शहरबाट सुरु हुने छ ।

बोस्टनबाट अप्रिल १२ आ सुरु भएको कार्यक्रम मे १२ तारिखका दिन सेन्ट लुइसमा सम्पन्न हुनेछ । आयोजकका अनुसार अप्रिल १२ बोस्टन, अप्रिल १३ न्यू योर्क, अप्रिल ९ बाल्टिमोर, अप्रिल २० वाशिंगटन र अप्रिल २७ तारिख मिनेसोटा, अप्रिल २८ ड्यालस, मे ३ अस्टिन, मे ४ सन फ्रान्सिस्को, मे १ लस एन्जेलस तथा अन्तिम मे १२ मा सेन्ट लुइसमा हुनेछ ।

आयोजकका अनुसार सन् २०१९ को सबैभन्दा बृहत कार्यकम हुनेछ भने नेपाल आइडलका प्रशंसकहरु कार्यकम हेर्न प्रतिक्षारत रहेका छन् । उनीहरुले आफ्नो मौलिक, साँस्कृतिक तथा स्वाभाविक गीतहरु प्रस्तुत गर्ने छन् ।

न्यू योर्कमा नेपाली नयाँ बर्ष को दिन कार्यकम प्रस्तुत हुने छ भने कार्यक्रम मेलरोज बलरुम एस्टोरिया न्यू योर्कमा हुनेछ । नेपाल आइडलकी कार्यक्रम प्रस्तोता रिमा विश्वकर्माले कार्यक्रम संचालन गर्ने छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय